नेपालगञ्ज, बाँकेको जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले अदालतको आदेशको उल्लंघन गर्दै करारका कर्मचारीहरुलाई हाजिर गर्न नदिएको पाइएको छ ।

उच्च अदालत तुलसीपुर नेपालगञ्ज ईजलाशका न्यायधीश पुरुषोत्तमप्रसाल ढकालको एकल ईजलाशले साउन ३० गते अदालतमा निवेदन दिने करारका कर्मचारीहरुलाई नियमित रुपमा हाजिर भई कामकाज गर्नबाट बञ्चित नगर्नु, निजलाई पूर्ववत कामकाज गर्न दिनु गाउँसभाको निर्णय कार्यान्वयन नगर्नु भनी अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ ।
तर गाउँपालिकाले बुधबार सम्म पनि करारमा कार्यरत कर्मचारीहरुलाई हाजिर गर्न नदिएको पीडित कर्मचारीहरुले बताउनुभएको छ ।
अदालतले अन्तरिम आदेश जारी हुने वा नहुने भन्ने सम्बन्धमा यहि भदौं ८ गते पेशी समेत तोकेको छ । अदालतको अल्पकालिन आदेश उल्लंघन गर्ने प्रमुख प्रशासकीय अधिकृत रानामाथी कारवाही हुनुपर्ने माग करारमा कार्यरत कर्मचारीहरुको छ ।