काठमाडौँ । २८ औं तामाङ प्रसारण दिवसको अवसरमा तामाङ पत्रकार संघले पत्रकार सन्चु ब्लोन र ईश्वर तामाङलाई सम्मान गरेको छ ।
बागमती प्रदेशको स्वास्थ्य मन्त्री निमा लामाको प्रमुख आतित्थ्यतामा नेपाल टुरिजम बोर्डको हलमा भदौं १ गते २८ औं तामाङ प्रसारण दिवसको अवसरमा तामाङ पत्रकार संघको आयोजनामा तामाङ मिडिया आवार्ड र अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रममा वरिष्ठ पत्रकार सन्चु ब्लोन र उदयपुरको ईश्वर तामाङलाई सम्मान गरेको छ ।
तामाङ पत्रकार संघको आयोजनामा भएको कार्यक्रममा अन्तराष्ट्रिय तामाङ परिषदको उपाध्यक्ष टासी लामा, भाषा विद् अमृत योञ्जन, नेपाल तामाङ राष्ट्रिय घेदुङको महासचिव प्रविन बल, नेपाल तामाङ घेदुङको कार्यबाहक महासचिव जगतमान दोङ, नेपाल टेलिभिजनको महाप्रबन्धक फूलमान बल प्रेस चौतारीको महासचिव हिरामान वाइवा, प्रेस सेन्टरको सह कोषाध्यक्ष बुद्ध लोप्चन, फोनिजको सचिव मिलन लिम्बु लगाएतका व्यक्तिहरु अतिथिकोरुपमा उपस्थिति रहेका थिए ।
नेपाल तामाङ घेदुङको कार्यबाहक महासचिव जगतमान दोङले सम्मान गरिएका पत्रकार सन्चु ब्लोन र उदयपुरको ईश्र तामाङलाई नै तामाङ मिडिया अवार्डबाट सम्मान गर्नु पर्ने कारणकोबारेमा प्रस्टाएका थिए ।
भाषाविद अमृत योञ्जनले भदौ १ गते तामाङ भाषाको समाचार २०५१ साल भदौं १ गते रेडियो नेपालबाट प्रसारण भएको दिनलाई ऐतिहासिक दिनकोरुपमा भएको सम्झना गर्नुभएकाे थियो । उहाँले समुदायमा तामाङ पत्रकारको धेरै विकसितरुप भदौ १ गते भएको संस्मरण गर्नु भएको थियो भने अब तामाङहरुले सरकारी कामकाजमा कसरी प्रवेश हुने भन्ने तर्फ सोच्नु पर्ने पनि बताउनु भयो ।
भाषाविद अमृत योञ्जनले तामाङ पत्रकार संघ बागमती प्रदेशले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री राजेन्द्र पाण्डेले तामाङहरुको खर्चिलु घेवाकोबारेमा बोल्नु नै तामाङ सस्कृतिको सस्कार माथिको हस्तक्षेप भएको आलोचनात्मक टिप्पणी गरेको थियो । यसैगरी प्रेस चौतारीको महासचिव हिरामान तामाङले “मेरो भाषाबाट नै मैले पत्रकारिता शुरुगरेको हुनाले म तामाङ पत्रकार भएकोमा गर्भ गर्छु” भनेर भाषिक सम्बन्धकाे बारेमा विचार राखेका थिए ।
अन्तराष्ट्रिय तामाङ परिषदको उपाध्यक्ष टासी तामाङले जहाँ रहेतापनि तामाङहरुले तामाङ सभ्यता र भाषालाई भुल्न नहुने र तामाङ पत्रकारहरुले तामाङ समुदायको मुद्धालाई उठान गर्न नभुल्न सबै तामाङ पत्रकारहरुलाई अनुरोध गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि निमा लामाले आदिवासीहरुले काम बेपत्तैरुपले गर्ने तर दस्तावेज कहिले नबनाउने भएको हुनाले कुनै निकायमा रेकर्ड नभएको हुनाले उठान गरेको मुद्धाको बारेमा सुनवाई हुन नसकेको हुनाले दस्तावेज बनाउन उहाँले सबैलाई अनुरोध गर्नु भएको छ ।
प्रमुख अतिथि निमा लामाले तामाङ पत्रकारहरु मुल मुद्धाबाट पछि नहट्न आग्रह गर्दै बागमती प्रदेशको तर्फबाट सकेको साथ र सहयोग हुने अस्वाशन दिनुभएको छ भने कलाकारले सेलो गीत गाउँदा स्टेज नै उफ्रने गरी सबैजनालाई उफार्न सक्ने जस्तै तामाङ पत्रकारहरुको लेखन शैलीमा पनि सबैलाई उफार्न सक्ने क्षमताको विकास गर्नु पर्ने आवश्यकता रहेको बताएको छ ।
तामाङ पत्रकार संघको केन्द्रिय अध्यक्ष सुभास योञ्जनको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा महासचिव तीर्थमान बलले तामाङ भाषामा नै कार्यक्रम संचालन गरेको थियो ।


