सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

योङ कम्युनिस्ट लिग नेपालको दोस्रो राष्ट्रिय भेलाको सम्पूर्ण तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सहायक संगठन योङ कम्युनिस्ट लिग नेपालको दोस्रो राष्ट्रिय भेलाको सम्पूर्ण तयारी पूरा भएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरि भेलाको सम्पूर्ण तयारी पूरा भएको वाइसीएल संयोजक सुमन देवकोटाले जानकारी गराएका छन् ।

आत्मनिर्भताका लागि नीति निर्माणमा युवा सहभागीता सुनिश्चित गरौँ, सुदृढ संगठन विस्तारका लागि दोस्रो राष्ट्रिय भेला सफल पारौ भन्ने मुल नाराका साथ भोली भाद्र ३ गते देखि सुरु हुने भेलाको उद्घाटन पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विशेष सम्बोधनको साथमा हुनेछ । साथै पार्टी स्थायी कमिटी सदस्य, विभिन्न जनवर्गीय संगठनका प्रतिनिधिहरु र विभिन्न राजनितिक पार्टीका युवा संगठनका प्रतिनिधि तथा अतिथिहरुबाट शुभकामना मन्तव्य व्यक्त गर्नेछन् ।

काठमाडौंको भृकुटिमण्डप स्थित राष्ट्रिय सभागृहमा विहान ठिक ११ः०० बजे शुुरु हुने भेलाका लागि विभिन्न जिल्ला र प्रदेशहरुबाट प्रतिनिधिहरु काठमाडौं आइसकेको वाइसीएल स्रोतले जानकारी गराए । दुई दिनसम्म चल्ने भेलामा उद्घाटनसत्र, बन्दसत्र र समापनसत्र गरि तीन सत्रमा अघि बढ्नेछ । बन्दसत्रमा विगतमा संगठनका कामहरूको सिंहावलोकन आगामी क्रान्तिकारी युवा आन्दोलनको नीति तथा कार्ययोजनामा छलफल बहस गरि युवा आन्दोलनको समग्र कार्यदिशा तय गर्ने बताए । साथै अबको युवा आन्दोलन परम्परागत नभइ रोजगार,स्वरोजगार निर्माण, श्रम र उद्यमशिलता,आत्मनिर्भरताको लागि उत्पादन,नीति निर्माणको तहमा युवा सहभागीता सुनिश्चितता गर्न पहल गर्ने कुरामा जोड दिने बताए ।

भेलामा भुगोल तथा गैरभुगोल जिल्ला, प्रदेशहरुबाट ६ सय जना प्रतिनिधि सहभागी रहनेछन् । जसमा केन्द्रीय समितिबाट १९६ जना, प्रत्येक जिल्लाहरुबाट ३र३ जना गरि २५२ जना, प्रदेश कमिटीबाट ३५ जना, तीन ओटा आयोगबाट ५२ जना, केन्द्रीय प्रतिनिधि १६ जना, ५५ केन्द्रीय कार्यालयबाट मनोनीत गर्ने र विभिन्न एकता प्रक्रियाबाट २१ जना प्रतिनिधि सहभागी रहनेछन् । भेलाको भव्य र ऐतिहासिक बनाउन भेला आयोजक मुल समिति, राजनीतिक प्रतिवेदन उपसमिति, भेला व्यवस्थापन उपसमिति, आर्थिक व्यवस्थापन उपसमिति र प्रचारप्रसार उपसमिति निर्माण गरि परिचालन गरिएको छ । भेलाको आर्थिक व्यवस्थापनका लागि प्रत्येक प्रतिनिधिहरुलाई एक हजार शुल्का, प्रदेश र जिल्लाका लागि आर्थिक कोटा निर्धारण गरि व्यवस्थापन गरिने र अनुमानित खर्च २० लाखसम्ममा भेला सम्पन्न गर्ने तयारी गरेको पत्रकार सम्मेलनमा वाइसीएल संयोजक देवकोटाले जानकारी गराए ।

पत्रकार सम्मेलनमा वाइसीएल इन्चार्ज एवम् पार्टी पिलिटब्यूरो सदस्य रामप्रसाद सापकोटा दिपशिखा, वाइसीएल सह संयोजक सुबोध शेर्पाली लगायतका नेताहरूको उपस्थिति रहेका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »