सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

‘कांग्रेस नेता प्रदीप गिरिको सम्मानमा प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौं । आज बस्ने भनिएको प्रतिनिधि सभा बैठक स्थगित गर्ने तयारी गरिएको छ । आज बिहान ११ बजे बस्ने तय भएको बैठक स्थगित गर्ने र सोमबार दिउँसो १ बजे बस्ने सम्भावना रहेको स्रोतले बतायो ।

संसद सचिवालय स्रोतले भन्यो, ‘कांग्रेस नेता प्रदीप गिरिको निधनका कारण श्रद्धाञ्जली, अन्त्येष्टि लगायतका कार्यक्रममा सांसदहरु व्यस्त हुनुपर्ने भएकाले बैठक स्थगित गर्नेबारे छलफल भइरहेको छ ।’

गएराति साढे ९ बजे कांग्रेस नेता गिरिको निधन भएको थियो । नेपाली कांग्रेस केन्द्रीय कार्यालयका अनुसार आज बिहान साढे ९ बजेदेखि दिउँसो २ बजेसम्म श्रद्धाञ्जलीको कार्यक्रम राखिएको छ । त्यसपछि अन्त्येष्टि गर्ने कार्यक्रम छ ।

अन्त्येष्टिपछि संसदबाट शोक प्रस्ताव पारित गर्ने चलन छ । आज संसद बैठक स्थगित गर्ने र गिरिको निधनमा शोक प्रस्ताव सोमबारको बैठकमा गर्ने गरी संसद सचिवालयमा छलफल भइरहेको स्रोतले बतायो । ‘आज संसद बैठक स्थगित हुने धेरै सम्भावना छ,’ स्रोतले भन्यो ।

समाजवादी चिन्तक गिरि २०७४ सालको आम निर्वाचनमा सिरहा क्षेत्रनम्बर १ बाट निर्वाचित भएका थिए । २०६३ सालको पुनर्स्थापित संसदमा मनोनीत भएका उनी २०६४ र ०७० सालमा समानुपातिक सांसद भएका थिए । २०५१ मा सिराहा–५ बाट निर्वाचित भएका उनी र २०५६ मा भने पराजित भएका थिए ।


प्रदीप गिरि चाहन्थे, ”मेरो शरीर बस्तीपुरमै बिसाइदिनू”

कांंग्रेस नेता तथा समाजवादी चिन्तक प्रदीप गिरिको अन्तिम संस्कार आर्यघाटमा गर्ने सूचना पार्टी कार्यालयले वक्तव्यमार्फत दिएको छ । स्वयम् गिरिले आफूलाई भेट्न आउनेहरूसामु सिरहाको बस्तीपुरमा अन्त्येष्टि गराइदिन आग्रह गरेको थाहा भएको छ ।

अनलाइनखबरको सम्पर्कमा आएका गिरिसँगका अति निकटहरूले यो खुलाएका हुन् । ४० वर्षदेखि गिरिसँग सान्निध्यमा रहेका कांग्रेस नेता रामपल्टन साहले पछिल्लो भेटमा पनि गिरिको सोही इच्छा रहेको बताए ।

गिरिसँग अझ पुरानो संगतमा रहेका कुमुदरन्जन बरालले भनेका छन्,’प्रदीप दाइले पाकैडको रुखलाई हातले देखाउँदै भन्नुभएको थियो, म मरेपछि मलाई यही रुख छेउ जलाउनू। यसो भन्दा उहाँले भावुक भएर आँसु झार्नुभएको थियो ।’

पत्रकार किशोर नेपालले यसको पुष्टि गरेका छन् । फेसबुकमा उनले लेखेका छन्, ‘प्रदीप दाइ चाहनुहुन्थ्यो, उहाँको अन्तिम संस्कार राजधानीको तामझामबाट टाढा बस्तीपुरको शान्त बस्तीमा होस् । उहाँको यो इच्छा पूरा गर्न म सरकार र सम्बन्धितहरूसँग आग्रह गर्छु ।’

गिरिको परिवारसँग जोडिएका व्यक्तिहरूले काठमाडौंमा अन्त्येष्टि गर्न लागिएको भन्दै असन्तुष्टि जनाएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »