सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

रेशम लामाको निर्देशनः कसैसँग नडराउनु, हस्ताक्षेप गरे ठोकि हाल्नु, त्यसको सम्पुर्ण जिम्मा एमालेले लिन्छ ”

काठमाडौं । संविधान सभा सदस्य तथा नेकपा एमालेको केन्द्रिय सदस्य रेशम लामाले स्थानीय निर्वाचनमा ब्यहोरेको हारको परिणामलाई शक्तिमा बदलेर नजिकिदो निर्वाचनमा परिणममुखि भुमिका निर्वाहा गर्न सबै नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

लामाले आफ्ना निर्वाचन क्षेत्रमा चुनाव लक्षित कार्यक्रमहरु प्रभावकारी ढंगले अघि सार्न समेत स्थानीय पार्टी कमिटीलाई निर्देशन दिएका छन् । सोमबार नमोबुद्ध नगरपालिका ५ नं. वडा कमिटीद्धारा आयोजना गरिएको संगठन सुदृढीकरण तथा सुद्धिकरण अभियान अन्तर्गत वडा स्तरीय प्रशिक्षण कार्यक्रममा लामाले स्थानीय पार्टी कमिटीलाई यस्तो निर्देशन दिएका हुन् ।

प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथिका रुपमा कानपुरमा पुगेका पुर्वमन्त्री लामाले कार्यक्रलाई सम्बोधन गर्ने क्रममा मंसिर ४ गते हुने संघ र प्रदेश शभाको निर्वाचनमा आफ्ना कार्यकर्ताहरु कुनै पनि शक्तिसंग नडराउन अनुरोध गर्दै भने, ”यो मुलुकमा न्यायालय, प्रहरी प्रशासन सबै क्षेत्र पैसामा बिकिसकेको छ । नेकपा एमालेको कुनै पनि कार्यक्रमहरुमा कुनै पनि शक्ति, पार्टी वा समुहले अवरोध गर्छ भने निडरका साथ त्यसको प्रतिकार गर्नु, यसो गर्दा तपाईहरु माथी कुनै पनि समस्य आएमा त्यसको जिम्मेवारी सिंगो नेकपा एमालेले लिनेछ ।” उनले भने । ”नेकपा एमालेका नेता कार्यकर्ताहरु असल बाटो हिड्छन्, सत्कर्म गर्छन त्यसैले हाम्रो पार्टी लोकप्रिय पार्टी बन्न सफल भएको छ ।”उनले थपे ।

नमोबुद्ध नगरपालिका ५ नं। वडा कमिटीद्धारा आयोजित उक्त कार्यक्रममा पूर्वमन्त्री रेशम लामा प्रमुख अतिथि रहेका थिए भने अतिथिहरुमा नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य चुडामणी गौतम, जिल्ल कमिटी सचिव राजन भुर्तेल, जिल्ला कमिटी सदस्य तथा नमोबुद्ध नगर सह–इन्चार्ज राकेश लामा, जिल्ला कमिटी सदस्य बुद्ध सिं लामा, निर्वतमान वडाध्यक्ष बुद्ध सिं तामाङ, नगर कमिटी सदस्य तथा स्कुल विभाग प्रमुख मधुसुधन पौडेल, नगर सचिव गणेश लामा, मदन भण्डारी फाउण्डेशनका केन्द्रिय सदस्य अमर ध्वोज लामा, नगर सह–सचिव सम्झना लामा लगायत कानपुरका स्थानीय नेताहरुको समेत बाक्लो उपस्थिति रहेका थिए ।

कार्यक्रममा केही अतिथिहरुले महत्वपुर्ण मन्तव्य राखेका थिए भने स्कुल विभाग प्रमुख मधुसुधन पौडेल र जिल्ला पार्टी सचिव राजन भुर्तेलले प्रशिक्षण दिएका थिए । प्रशिक्षणको क्रममा नेकपा एमाले जिल्ला कमिटी सचिव राजन भुर्तेलले भने जनताको बहुदलिय जनवादको बिषयमा स्पस्ट धाराणा र विचार राख्दै सहभागीहरुलाई प्रशिक्षण दिएका थिए ।

नेकपा एमाले केन्द्रिय कमिटीको निर्देशन अनुसार देशै भरि कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने क्रममा नमोबुद्ध नगरपालिकाले पनि यस्ता कार्यक्रमलाई चुस्त गतिमा अगाडि बढाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »