सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काभ्रेमा गठबन्धनकाे उम्मेदवार सुर्यमान दाेङलाई रेशम लामाकाे चुनाैती: जनादेशकाे शाब्दीक अर्थ जनताले सिकाउने छन्

काठमाडौँ। नेकपा (एमाले)का केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री रेशम लामाले मंसिर ४ गते हुने स‌घीय निर्वाचनमा काभ्रेली जनताले गठबन्धन पार्टीहरुकाे साझ उम्मेदवारलाई जनादेशकाे वास्तविक अर्थ सिकाउने दाबी गर्नु भएकाे छ । प्रेस चौतारी नेपाल, काभ्रेपलाञ्चोक शाखाले बिहीबार बनेपामा आयोजना गरेको ‘नेकपा (एमाले)का उम्मेदवारहरूसँग सञ्चारकर्मी’ कार्यक्रममा बोल्दै उहाँले काभ्रेली जनताले नेकपा (एमाले)का उम्मेदवारहरूलाई जनादेश मार्फत संसदमा पठाउने विश्वास व्यक्त गर्नु भयो ।

”देश व्यापीरुपमा नेकपा एमालेकाे जनलहर उर्लि सकेकाे छ । काभ्रेली जनताहरुलाई एमाले जिताउन आतुर भइसकका छन् । त्यसैले हाम्राे जीत निश्चित छ । हामीलाई परमादेश सरकारकाे उम्मेदवारहरुले हराउन सक्ने छैन । परमादेश सरकारकाे उम्मेदवारहरुलाई जनादेश भनेकाे के हाे भन्ने शाब्दीक अर्थ सिकाउने छन् ।” लामाले पत्रकार सम्मेलनमा बताउनु भयाे ।

नीति र नेतृत्वमा कुनै व्यक्तिगत स्वार्थ नभएका एमाले उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएको बताउँदै उहाँले जिल्लाको विबिध पक्षका योजनाहरू समेत पत्रकारहरूलाई सुनाउनु भएको थियो ।

गठबन्धनका उम्मेदवारसँग काभ्रे परिवर्तनको कुनै योजना नभएको दावी गर्दै नेता लामाले भन्नु भयो “एमाले सरकारमा हुँदा युवा, महिला, जेष्ठनागरिक, मजदुर सबैले सम्झन लायक काम गरेको छ, हामीले जित्ने आधार तिनै हुन् ।”

एमाले नेता लामा प्रतिनिधीसभा निर्वाचनमा काभ्रे क्षेत्र नम्बर १ बाट चुनावी प्रतिस्पर्धा गर्दैहुनुहुन्छ । उहाँसगै गठबन्धनका साझा उम्मेदवार एवम् नेकपा माओवादीका नेता सूर्यमान दोङ (लालध्वज) चुनावी मैदानमा हुनुहुन्छ ।

काभ्रेको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रदेससभा तर्फ १ मा दिल बहादुर लामा (दिलिप) प्रदेशसभा २ मा चन्द्र लामा उम्मेदवार हुनहुन्छ ।

भर्खरै

सम्बन्धित खबर

Language »