सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बांके क्षेत्र नं ३(ख)को जनताका समस्या समाधान गर्न मा राजनीतिमा लागेको छु- बिजय पाठक

नेपालगंज, जनता समाजबादी पार्टी नेपाल युवानेता बांके क्षेत्र नं ३(ख) को उम्मेदवार बिजय कुमार पाठक जनताका समस्या समाधान गर्नका लागि आफू राजनीतिमा लागेको बताएका छन्।

जनताका समस्याबारे आफूलाई जानकारी रहेको पनि उनले बताए। ती समस्या समाधान गर्न आफू कटिवद्ध भएर लाग्ने पनि उनले बताए। जानकी गाउँपालिकाका वडा न. ५ बकस्पुर्वा गाउँमा आज आयोजित कार्यक्रममा बोल्दै उनले जनतालाई खानेपानी, सडक र किसान लाई रासायनिक मललगायत आवश्यक पर्ने भएकोले उक्त कुराहरूको व्यवस्थापनका लागि आफूले पहल गर्ने बताए।

प्रतिनिधीसभा बांके क्षेत्र नं ३ उम्मेदवार नोयेन्द्र धितालले काँग्रेस एमाले मधेसी जनताको हक र अधिकार माथी सधैं कुठाराघात गर्दै आएकाले अब सबै नेपालीको हित रक्षाका लागी आफुहरुलाई निर्वाचित गराउन उनले आम मतदातासँग पनि आग्रह गरे ।

भर्खरै

सम्बन्धित खबर

Language »