निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

जनमतको आयोजनामा ५६ जनाद्वारा रक्तदान


नेपालगन्ज, जनमत अद्र्ध साप्ताहिक, नेपालगन्जको आयोजना गरेको त्रैमासिक रक्तदान कार्यक्रममा ५ महिला सहित ५६ जनाले रक्तदान गरेका छन् ।
कार्तिक १ गते मंगलवार भएको रक्तदान कार्यक्रममा पत्रकार, व्यवसायी, शिक्षक, नेपाली सेना, शसस्त्र, विद्यार्थी लगायत नियमित स्वयम्सेवी रक्तदाताहरुले रक्तदान गर्नु भएको हो ।


नेपाल स्वयम्सेवी रक्तदाता समाज बाँके जिल्ला कार्यसमितिको समन्वयमा सम्पन्न उक्त कार्यक्रममा समाजका उपाध्यक्ष मन बहादुर केसी (निशान) खत्री र जनमत अद्र्ध साप्ताहिक पत्रिकाका सम्पादक पूर्णलाल चुकेले प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मी र प्राविधिक सुनिल थापा मगरलाई रक्त संकलन गर्ने पाकेट हस्तान्तरण गरी कार्यक्रम शुरु गरिएको थियो ।
जनमतको रजत वर्ष–२०६३ देखि ‘रक्तदान जीवनदान’ को उद्देश्यका साथ नियमित रुपमा सञ्चालित ‘त्रैमासिक रक्तदान कार्यक्रम’को ५४ औं श्रृङ्खलामा रक्तदान गर्नेहरुमा नेपाल स्वयम्सेवी रक्तदाता समाज बाँके उपाध्यक्षका मन बहादुर केसी(निशान), अन्नपूर्ण पोष्ट दैनिकका प्रदेश प्रमुख तथा मेरो खुशी डट कमका सम्पादक शंकर प्रसाद खनाल, नेपाल रेडक्रस सोसाइटी बाँकेका कार्यक्रम अधिकृत निरञ्जना मल्ल, सुश्री स्वेता विष्ट, नियमित रक्तदाताहरु नीरजमान श्रेष्ठ, लक्ष्मण कुमार वैश्य, पवन कुमार वैश्य, रक्तदाता समाजका कोषाध्यक्ष मनमोहन वर्माले रक्तदान गर्नु भएको छ ।
कार्यक्रम संयोजक पत्रकार पवन जायसवालका अनुसार पार्वती थापा, दिनेश कुमार तमोली, अरुण बज्राचार्य, दिपक चौधरी, बानेश्वर थारु, अर्जुन प्रसाद चौधरी, सागर बिष्ट, कृष्ण चन्द खत्री, दिपक नेपाली, प्रदीप बस्नेत, शरस केसी, तिलक रोकामगर, राम सुहावन सोनकर, मन बहादुर बस्नेत, कमल कठायत, पूजा केसी, रुसतम अली दर्जी, उदय प्रसाद उपाध्याय, उमा भाट, कृष्ण अर्याल, शिव कुमार गिरी, सरोज कुमार चौधरी, अपेक्षा श्रेष्ठ, गणेश खडका, तिलक पुन, रबिन्द्र चौधरी, निराजन चौधरी, बिष्णु वर्मा, अनिल चौधरी थारु, दिपक चौधरी, अनिला चौधरी, लच्छीराम चौधरी, गोबिन्द नाउँ, दिपेन्द्र नाउँ, दिपेन्द्र चौधरी, रामदयाल चौधरी, नन्नकुअली बेहना, अँगनु नाउँ, जय शंकर थारु, नमित चौधरी, कृष्ण डिसी, सल्मान अन्सारी, रिसभ बैश्य,सन्तोष चौधरी लगायत ५६ जनाले रक्तदान गर्नु भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »