सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मतदाताको हौसला पाउँदै -विनोद अग्रहरी

नेपालगन्ज , मंसिर ४ गते हुन गइरहेको नर्वाचनमा बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका उमेदवार विनोद अग्रहरीले मतदाताको हौसला पाइरहेका छन् । घरदैलोका क्रममा अग्रहरीले मतदातासमक्ष उनले राष्टिय स्वतन्त्र पार्टी र आफ्ना एजेण्डाहरु सुनाउँदै हिडिरहेका छन् । उनका एजेण्डा सुन्ने मतदाताहरु प्रभाविति भएर उनलाई शुभकामना दिइरहेका भेटिन्छन् ।


भिडभाड, तामझाम विना घरदैलो गर्ने र मतदातासँग अन्तक्र्रिया गर्ने पार्टीको नीतिअनुरुप घरदैलो कार्यक्रमलाई बढीभन्दा बढी अन्तक्रियात्मक बनाउने प्रयास गरिरहेको उनी बताउँछन् । जहाँ पुग्दा पनि मतदाताले अब विकल्प खोज्ने मुड बनाएका पाइएको उनको दाबी छ ।


उनले मतदातालाई निरास नबनाउने प्रतिबद्धता जनाउँदै हिडेका छन् । कतिपय मतदाताले अग्रहरीलाई जितिसकेपछि अन्य नेता जस्तो व्यवहार देखाउन अनुरोध गरिरहेका पनि पाइएको थियो । चुनावमा भोट माग्न दलबल सहित आउने तर निर्वाचित भैसकेपछि देखे नदेखेजस्तो व्यवहार नेताहरुले गर्ने गरेकाले यसो नगर्न मतदाताले अनुरोध गरेका थिए ।

अग्रहरीले मतदाता भेट्दै गलत गरेको खण्डमा कठालो समाउन सक्ने अधिकार जनतालाई रहेको भन्दै यसपटक सोच विचार गरेर आफ्नो मत खसाल्न अनुरोध गरे । मंगरबार बिहान नेपालगन्ज १ धम्बोभिमा घरदैलो गरेका अग्रहरीको टिमले दिउँसो सदरलाइन, न्युरोड क्षेत्रमा मतदाता भेटेको थियो । अहिलेसम्म गरिएको घरदैलोमा जनताको मन जित्ने सकिनेमा विश्वास बढ्र्द गएको अग्रहरीले बताएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »