सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

निर्वाचन प्रचारप्रसारका लागि अब्दूल हन्नान जसगढ़ घरदैलोमा ब्यस्त


नेपालगन्ज, निर्वाचनको समय जतिजति नजिकिँदै छ ।, त्यति त्यति नै उम्मेदवारहरूले प्रचारप्रसारलाई तीब्र पारेका छन् । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवारहरुले घरदैलोमा मतदाताबीच ब्यस्त देखिएका हुन ।

शुक्रबार राति लोकतान्त्रिक समाजवादी पार्टी नेपालको तर्फबाट बाँकेको प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार अब्दूल हन्नान जसगढ़ र प्रदेशसभा क्षेत्र नम्बर २ ९(ख) का कौशल कुमार मिश्र पनि नगरमा घरदैलोमा व्यस्त देखिएका छन् ।

यसैगरी उम्मेदवारद्वयले बिहीबार बिहान डुडुवा गाउँपालिका गंगापुर वडा नम्बर १३ र नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ३, ८, र १३ मा घरदैलो गरेका छन् ।

प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार अब्दूल हन्नान जसगढ़ घरदैलोमा मतदाताहरू भेटभाट गरी साईकल चिन्हमा मतदान गर्न आग्रह गरेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »