सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जानकी गाउँपालिका वडा नं ३ ले वडाभित्रका सार्वजनिक जग्गा कब्जा हुन नदिने – वडाअध्यक्ष राजकुमार कुर्मी(बाबू)

नेपालगञ्ज , जानकी गाउँपालिका वडा नं ३ ले सार्वजनिक जग्गा कब्जा हुन नदिने भएको छ । सार्वजनिक जग्गा कब्जा गर्ने कार्य निरन्तर हुँदै आएपछि वडा नं ३ ले बिहीबार एक सूचना जारी गरी सार्वजनिक जग्गा कब्जा हुन नदिने जनाएको हो ।

वडाभित्रका ताल, तलैया तथा खाली रहेका सार्वजनिक जग्गा कब्जा गर्ने बिषयमा बसेको वडाको बोर्ड बैठकले अबदेखि कसैलाई सार्वजनिक जग्गा कब्जा गर्न नदिने निर्णय गरेको छ ।

वडाभित्र रहेका सार्वजनिक जग्गा, ताल, तलैया तथा खाली जग्गा कब्जा गर्ने कार्यबिरुद्ध यस्तो निर्णय गरिएको वडा नं ३ का वडाअध्यक्ष राजकुमार कुर्मीले जानकारी दिनभुयो ।

उहाँका अनुसार सार्वजनिक जग्गामा हाल घर भएतापनि अब नयाँ घर, टहराहरु निर्माण गर्न नपाउने, सार्वजनिक रुपमा कार्य गर्न पाउने तर व्यक्तिगत कब्जा गर्न नपाउने निर्णय गरिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »