सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाँके क्षेत्र नम्बर २ को प्रचारप्रसार कार्यालय उद्घाटन

नेपालगन्ज, नेकपा माओवादी केन्द्र बाँके जिल्लाको क्षेत्र नम्बर २ को प्रचारप्रसार कार्यलय उद्घाटन गरिएको छ । स्थानीय नेता तथा कार्यकर्ता र समर्थकहरुको उपस्थितिमा गरिएको उद्घाटन समारोहमा नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश प्रत्येक्ष प्रदेश सभा सदस्यका उम्मेदवार अकल बहादुर बमले नेपाली जनताको विकासमा केन्द्रित रहेर काम गर्ने प्रतिबद्धता जनाएको छन् । उनले शिक्षा स्वस्थ कृषि लगायतको क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।


त्यस्तै नेकपा माओवादी केन्द्र कै प्रदेश सभा सदस्यकी समानुपातिक उम्मेदवार काली मियाँ ९कस्मिरा० खातुनले उद्धमशीलता, नेतृत्व विकास, सहभागीता, उत्पादन लगायतको क्षेत्रलाई समेट्दै जिम्मेवारी निभाउने बताइकी छिन् ।
उनले क्षेत्र नम्बर दुईमा रहेको गरीब पीडित आसहायका लागि स्वरोजगार सृजना गर्ने प्रतिबद्धता जताएकी हुन् । कार्यक्रममा सहभागी नेकपा माओवादी केन्द्र नेपालगञ्ज नगर अध्यक्ष रतन बहादुर शाहीले नेकपा माओवादी केन्द्रको जनता प्रतिको योगदान तथा त्यागहरुलाई उजागर गरे । उनले लाखौं जनता हकहितका लागी १० वर्ष सम्म घरबार छोडेर जनताले जङ्गल बस्नु परेको थियो ।

हामीले यतिको संघर्ष पश्चात् पाएको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको रक्षाका निम्ति वफादारीपुर्वक मतदान गर्न जरुरी छ ।

बाम गठबन्धनले लिएको उद्देश तथा एजेन्डाहरुलाई पूरा गर्न जनताको साथ सहयोग निकै महत्त्वपूर्ण भएकोले सबैले नेकपा माओवादी केन्द्रका प्रतिनिधिहरुलाई मतदान गर्नुपर्ने बताए । त्यस्तै प्रदेश सदस्य कलामुन अन्सारीले समेत दलित मुस्लिम लगायत पिछडिएका समुदायको सहभागिता तथा अधिकारको लागी माओवादीको योगदान बारे जिकिर गरिकी हुन् । उनले नेपाली जनताको विकासका लागी नेकपा माओवादी केन्द्र एक मात्र पार्टी रहेको बताइन् । सभामा नेकपा माओवादी केन्द्रका वाइसीएल नेता इरफान अली९अरसद०, केन्द्रिय सदस्य मनिशा चंदारा, नविल शर्मा लगायतले उपस्थिति जनाएको थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »