सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काभ्रेमा कलम उदाएकाे साँझ:लक्ष्मण लम्साल

काठमाडौँ । काभ्रे जिल्लाको प्रतिनिधि सभा २ को प्रदेशसभा (१) बाट नेकपा (एकिकृत समाजवादी)को लक्ष्मण लम्साल प्रदेशसभा सदस्यमा विजयी भए सँगै कलम उदाएको दाबी गरेकाे छ ।


नेकपा (एकिकृत समाजवादी)को लक्ष्मण लम्सालले विजय गरेको घोषणा लगतै जिल्ला कमिटी सदस्य समिप त्रिपाठ्ठी, सिजन लामा, शंकर त्रिपाठ्ठी विजय जुलुसमा सहभागी हुनका लागि काठमाडौँबाट काभ्रे पुगेको थियो । सोही क्रममा सारा खबरको प्रतिनिधिले जिल्ला कमिटी सदस्य सिजन लामासँग गरेको कुराकानीमा कलम उदाएको बताएको हो । यसैगरी समिप त्रिपाठ्ठीले काभ्रेबाट समाज परिवर्तनको एक पाइला सार्नका लागि ढोका खुलेको र कलमबाट नयाँ इतिहास कोर्ने दाबी गरेको छ ।

लम्सालले आफ्ना निकटतम प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार कुमार खकुरेललाई १ सय ८८ मतले विजयी भएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय धुलिखेलका अनुसार नेकपा (एकिकृत समाजवादी) लम्सालले १९ हजार ४ सय ८ मत प्राप्त गरि प्रदेश सभा सदस्यमा विजयी भएका हुन् । उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार कुमार खकुरेलले १९ हजार २ सय २० मत प्राप्त गरेका छन् ।

अघिल्लो ०७४ को निर्वाचनमा सोही क्षेत्रबाट लम्साल नेकपा एमाले बाट प्रदेश सभा सदस्यमा नै विजयी भएका थिए । लम्साल एमाले पार्टी विभाजन हुँदा नेकपा (एकिकृत समाजवादी)मा बसेका थिए । अहिले प्रदेश सभा सदस्यमा विजयी लम्साल बाम लोकतान्त्रिक गठबंधनका साझा उम्मेद्वार हुन् ।

मंसिर ८ गते साँझ मनाएको विजय जुलुसलाई सम्बोधन गरी मतदान गर्ने सम्पुर्ण मतदाताहरुलाई लक्ष्मण लम्सालले बधाई दिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »