सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पार्टीकाे मतले हैन भाग्यले जितेकाे उम्मेदवार: तिर्थ बहादुर लामा

काठमाडौँ । काभ्रे प्रतिनिधिसभा १ को प्रदेशसभा २ बाट नेपाली कांग्रेसका तिर्थ बहादुर लामा विजयी भएको छ ।

कांग्रेस, माओवादी, नेकपा एकिकृत समाजवादी लगायत दलहरु सम्मिलित लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट उम्मेदवार रहेका कांग्रेस जिल्ला सभापति समेत रहेका लामाले ३ मत बढी ल्याएर बागमती प्रदेशसभाको संसदीय यात्रा तय गरेका हुन् ।

उनले १९२८० मत ल्याउँदा एमालेका चन्द्र लामाले १९२७७ मत प्राप्त गरेका छन् ।

नेपाली कांग्रेसको एक खेमाले तीर्थ बहादुर लामालाई साथ नदिएको कारणले थोरै मतले जित्न बाध्य भएको नाम नबताउने सर्तमा नेपाली कांग्रेसको एक नेताले सारा खबरलाई बताउनु भयो । उहाँले भन्नु भयो । “नेपाली कांग्रेस भित्र भएको गुडबन्धीको कारणले थोरै मतले जित्नु पर्यो । हैन भने हामीले पाँच हजार भन्दा धेरै मतले जित्नु पर्ने हो । म त भन्छु । तीर्थ लामा पार्टीको मतले जितेको होइन । उहाँको भाग्यले जितेको हो ।”

स्थानीय तहमा भएको मतलाई आधार मान्ने हो भने नेकपा (एमाले) को बन्दा नेपाली कांग्रेस र माओवादी केन्द्रको मत दोब्बर छन् ।

गठबनधनलाई नै कडा चुनौती दिएका लामाले सम्मानजनक हार बेहोर्नुपरेको छ । लामा यस अघि २०७४ मा भएको निर्वाचनमा एमाले माओवादिको बाम गठबन्धधनबाट उम्मेदवार भएको बेला यहि क्षेत्रबाट निर्वाचित भएका थिए ।

कांग्रेस नेता गणेश लामालाई पराजित गर्दै प्रदेशको कृषि सहकारी तथा भुमि व्यवस्था मन्त्री समेत बनेका चन्द्र लामासँग प्रदेशसभा सदस्यको निर्वाचन लड्न आएका कांग्रेसका तिर्थ लामाको यो पटक भाग्य पल्टिएको हो ।

२०७० को संविधानसभा सदस्यमा निर्वाचित भएका कांग्रेस नेता तिर्थ लामा भने २०७४ को प्रतिनिधिसभा क्षेत्र नं १ मा बाम गठबन्धनका उम्मेदवार गंगाबहादुर तामाङसँग पराजित भएका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »