सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नायक कुमार मोक्तान संघबाट बिश्राम लिएर बदम ब्यापार गर्दै , केटीको चक्करमा ब्यापार चौपट

बुटवल । तामाङ चलचित्र संघका अध्यक्ष कुमार मोक्तान तामाङ चलचित्र संघबाट केही समय बिश्राम लिएर बदम ब्यापारमा लागेका छन ।

मोक्तानले केही समय अघि मात्रै व्यक्तिगत व्यस्तताको कारण देखाई थोरै समयको लागी बिश्राम लिएका हुन । 
नायक मोक्तानले हाल उपत्यकामा बदमा ब्यापार थालेको र केटीको चक्करमा ब्यापार नै चौपट भएको आज भक्खरै सार्वजनिक भएको एक भिडियोमा देखिएको हो । तामाङ चलचित्र संघबाट केही समयको लागी बिश्राम लिएको कुरा वास्तबिक भए पनि बाँकी बदमा ब्यापारका यी सबै दृश्यहरु भने वास्तबिक जीवनमा नभएर एउटा म्युजिक भिडियोमा मात्र सिमित रहेको छ । शुक्रवार सार्वजनिक गरिएको उनी अभिनित तामाङ गीत अल्लारे सोझो म्हीको भिडियोमा नायक मोक्तानलाई डालोमा बदम बेच्दै हिंडेको र केटीको चक्करमा ब्यापार चौपट भएको देख्न सकिनेछ । 

सधैंजसो स्मार्ट क्यारेक्टरमा अभिनय गर्ने गरेको उनी यो पटक भने फरक क्यारेक्टरमा प्रस्तुत भएको छ । क्यारेक्टर फरक भए पनि उनको नाचमा भने बिलकुलै परिवर्तन देख्न सकिनेछ । अभिनयमा अब्बल रहेका मोक्तान नाच्नमा खासै अब्बल नरहेको भन्ने गरेको पाईन्छ ।  तर यो पटक भने उनले नाच्नमा पनि अब्बल नै रहेको साबित गरेका छन ।

गीतको अडियो तर्फ प्रतिक मोक्तानको शब्दमा जोगलाल लामाको संगीत रहेको छ । गीतमा आवाज भने प्रकाश लामा र बिना घलेको रहेको छ ।

अजय स्याङ्तान्को निर्देशनमा बनेको उक्त भिडियोमा कोरियोग्राफर भने नरेन मोक्तान रहेको छ ।  भिडियोको मुख्य भूमिकामा नायक कुमार मोक्तान र रोहनी लामा रहेको छ । https://youtu.be/toCxxt7nrz8

भर्खरै

सम्बन्धित खबर

Language »