सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगञ्जको गणेशपुरमा एक समुहले धारिलो हतियार प्रहार गर्दा ३ जना घाइते


नेपालगञ्ज , नेपालगञ्जको गणेशपुरमा एक समुहले धारिलो हतियार प्रहार गर्दा ३ जना घाइते भएका छन् । उक्त समुहले खुँडा र खुकुरी प्रहार गर्दा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ निवासी अनुराग शाह, सोही ठाउँ निवासी उज्वल शाह र वडा नम्बर ४ का सुगम शाह घाइते भएका हुन् ।

नेपालगञ्ज ४ गणेशपुरस्थित आफन्तको घरमा पुगेका बेला उक्त समुहले आइतबार दिउँसो १ बजेतिर आक्रमण गरेको प्रत्यक्षदर्शीले बताए । घाइते तीनै जनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचार भईरहेको छ ।

आक्रमण गर्ने समुहको खोजी कार्य चलिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । आक्रमण गर्ने क्रममा उनीहरू ६ जनाको संख्यामा आएको र भारतीय नम्बर प्लेटको गाडी छाडेर भागेको प्रहरीले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »