सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नरैनापुरमा सुल्तान बाबा दरगाह कुट्टीको नमूना र शाहले गरे उदघाटन


नेपालगञ्ज , लुम्बिनी प्रदेश सभा सदस्य कृष्ण केसी नमूना र नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहम शाहले नरैनापुर ६ जमुनीमा स्थापना गरिएको शाह सुल्तान बाबा दरगाह कुट्टीको उदघाटन गरेका छन् ।


कुट्टीको उदघाटन गर्दै प्रदेश सभा सदस्य नमूनाले नरैनापुरलाई सम्बृद्ध बनाउन चाहिने भौतिक पुर्वाधार निर्माणमा पहल गर्ने प्रतिवद्धता गर्दै नमूनाले कुट्टीलाई पर्यटकिय स्थलको रुपमा विकास गर्नका लागि प्रदेश र संघीय सरकारबाट बजेटको व्यवस्था गरिने बताइन् ।
यस्तै नरैनापुर गाँउपालिका अध्यक्ष शाहले प्रसस्त पर्यटकीय सम्भावना बोकेको धार्मिकस्थल नरैनापुरमा रहेको भन्दै संघ प्रदेश र स्थानीय सरकार मिलेर पर्यटन तथा संस्कृतिको विकास गर्नुपर्ने बताए । सबै तह मिलेर बिकास गर्दा सबैको स्वामित्व हुने शाहको भनाइ थियो ।


अध्यक्ष शाहले कुट्टीलाई गरिब असहायको सहाराको केन्द्रको रुपमा स्थापीत गरी अगाडि बढ्न आग्रह गर्दै उक्त कुट्टीलाई पालिकाबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यसैगरी जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सन्तोष सिहं राठौरले कुट्टीको संरक्षण र आवश्यक सुरक्षाका लागि बाँके प्रहरी प्रतिबद्ध रहेको बताउदै धार्मिक महत्व बोकेको कुट्टी समाजमा रहेको विभेदलाई अन्त्य गर्नमा भूमिका निर्वाह गर्ने जिकिर गरे ।
हाजी बरकत अलिको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य कृष्ण केसी नमूना, विशिष्ट अतिथि नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाह, बाँके प्रहरी प्रमुख सन्तोष सिंह राठौर, भागवानपुरका प्रहरी निरीक्षक बिर बहादुर सुनार, गुफरान अलि शाह लगायतको सहभागिता रहेको कार्यक्रममा स्वागत मन्तव्य समरिन शाहले गर्नु भएको थियो भने संचालन शिक्षक अरुण यादवले गरेका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »