सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अबैध चाँदी सहित एक जनालाई पक्राउ

हेटौंडा । मकवानपुर प्रहरी अबैध चाँदी सहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नंबर १९ नेवारपानी सडकखण्डबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा बाग्लुङको जैमिनी नगरपालीका वडा नंबर ७ बस्ने वर्ष ३६ का कृष्ण रसाईली रहेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

भंसार छलि चोरी पैठारी गरि ल्याएको २ किलो ४ सय ६० ग्राम ३ सय ३१ मिलिग्राम चाँदीसहित उनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

शुक्रबार शंकास्पद रुपमा झोला बोकि हिंडिरहेको अवस्थामा उक्त परिणामको चाँदीसहित उनलाई पक्राउ गरिएको हो । उनको साथबाट बरामद भएको चाँदीको बजार मुल्य १ लाख ७७ हजार १ सय ४३ रुपैयाँ रहेको प्रहरीले जनाएका छन् ।

रसाईलीलाई नियन्त्रणमा लिई घटनाको विषयमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि भन्सार कार्यालय बिरगंज पठाईएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »