सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नागरिक उड्डयनमन्त्री सुदन किरातीले पवित्र लुम्बिनीमा अपवित्र काम हुने गरेको भन्दै आक्रोश

काठमाडौँ । मन्त्रालय मातहतका निकायहरूबारे जानकारी लिने क्रममा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पवित्र लुम्बिनीमा अपवित्र काम हुने गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

लुम्बिनीको बृहत्तर विकासका लागि ३७ वर्षअघि स्थापना भएको लुम्बिनी विकास कोषका पदाधिकारीहरुसँगको छलफल सकिएपछि आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममा उनले विश्वले फोटोकपी गर्न नसक्ने लुम्बिनीलाई बदनाम गरिएको भन्दै आक्रोश पोखेका थिए ।

‘राज्यले विश्वास गरेर त्यो क्षेत्रको विकासको लागि पठाएका मान्छेहरुले आफ्नो भूमिकालाई बिर्सेर घिनलाग्दो काममा लिप्त भएका छन्,’ उनले पवित्र भूमि लुम्बिनीमा अपवित्र काम किन भइरहेको हो ?’ भन्दै प्रश्न गरेका थिए ।

आफू विदेश भ्रमणमा गएका बेला विदेशीले लुम्बिनी फोहोर भएको गुनासो सुनाएको भन्दै मन्त्री किरातीले लुम्बिनीमा गोबर र फोहोर भरिएको गुनासो आइरहेको बताएका थिए । ‘देश विदेशबाट मानिसहरुले लुम्बिनीलाई छुट्टै हिसावले सोचेका हुन्छन् । विश्वभरका बौद्ध धर्मालम्वीहरुको ढुकढुकी हो । लुम्बिनी सफा छैन । सयौं चौपाया चर्ने गौचरण बनाइएको छ । फोहोर र धुलै धुलो राख्ने रु आज विदेशमा लुम्बिनीको फोहोरको चर्चा चल्ने गरेको छ । मैले लुम्बिनीको फोहोरको चर्चा चीन भम्रणमा सुनेँ । संयोगवश यही मन्त्रालयको मन्त्री बन्न आइपुगेको छ । लुम्बिनी परिसर यथाशीघ्र सफा भएको हुनुपर्छ ।’

उनले कोषका पदाधिकारीलाई विकासका नाममा ‘मागी खाने भाँडो’ मात्रै बनाइएको आरोप लगाए । उनले त्यहाँ कोषले बनाउने योजना दोहोरिने गरेको, एउटा संरचना बनाएपछि त्यसको उपयोग नहुने गरेको, अनमियतता हुने गरेको बताए । उनले अबका दिनमा हरेक कामको तालिका बनाउन र आफूलाई रिपोर्टिङ गर्न कोषका पदाधिकारीहरुलाई निर्देशन दिए ।

कोषको अध्यक्षसमेत रहेका किरातीले त्यहाँ पर्याप्त बजेट भए पनि त्यस अनुसारको विकास नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । उनले कोषका पदाधिकारी र कर्मचारीलाई आफूलाई प्रलोभन दिलाउन ‘झ्याल र जस्केला’बाट नछिर्न पनि चेतावनी दिए । ‘कतै झ्याल जस्केलाबाट छिर्ने दुस्साहस नगर्नुहोला । म एउटा किसानको छोरा हो । मलाई लोभ लालच छैन । मन्त्री बन्छु भनेर राजनीति गरेको पनि हैन । म कुनै रबाफ र प्रभावमा पर्नेवाला छैन । हामीलाई कसैले कुनै प्रभावमा पार्ने प्रयत्न तथा दुस्सहास नगर्नु होला ।’

भर्खरै

सम्बन्धित खबर

Language »