सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

ग्रील तथा स्टील ब्यवसायी संघ ,काठमाडौं बल्खु थानकोट इकाई को साधारणसभा र अधिबेशन सम्पन्न


काठमाडौं । लामो समय देखि ग्रील तथा स्टील ब्यबसाय मा संलग्न ब्यबसायी हरुको हक हित र उत्थान को लागि सामाजिक रुपमा कार्य गर्दै आएको ग्रील तथा स्टील ब्यबसायी संघ ,काठमाडौं पश्चिम क्षेत्र अन्तरगत बल्खु ,थानकोट इकाई ले आफ्नो नवौं साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न गरेको छ ।


ग्रील तथा स्टील ब्यबसायी महासंघ का अध्यक्ष मोहन कटुवाल को प्रमुख आतिथ्य र इकाई अध्यक्ष दिनेश कुमार दाहाल (दारी बा)को शभापतित्व मा यो कार्यक्रम को उद्घाटन समरोह समरोह सम्पन्न भएको हो ।


कार्यक्रम मा इकाई अध्यक्ष दारी बा ले बिगत पाँच बर्ष मा भएका र गरिएका कार्यको बारेमा प्रतिबेदन पेश गर्नु भएको थियो ।


कार्यक्रममा महासंघका प्रथम उपाध्यक्ष ठुलोबाबु श्रेष्ठ , महासचिव बिबेकदास श्रेष्ठ ,काठमाडौं जिल्ला अध्यक्ष यज्ञ दास श्रेष्ठ , पुर्वी क्षेत्र का अध्यक्ष रोहित श्रेष्ठ ,पश्चिम क्षेत्र का अध्यक्ष शैलेस ठकुरी ,तथा इकाई अध्यक्ष हरुले आ-आफ्नो मनतब्य राख्नु भएको थियो ।


राज्य संयन्त्र र ब्यबसायी बिचको अन्तर संबन्ध बिकास गर्न सके मात्र सहज रुपमा व्यापार गर्न सकिने भन्दै महासंघ का अध्यक्ष कटुवाल ले यसको लागि महासंघ ले समेत सरकार संग पहल गरीरहेको बताउनु भयो ।


यो अधिवेशन बाट बिगत लामो समय देखि यो क्षेत्र चलाईरहेका दिनेश कुमार दाहाल (दारी बा)ले नयाँ कार्यसमिति लाई जिम्मेवारी सुम्पिदै आफू बाहिरिनु भएको छ ।


भर्खरै

सम्बन्धित खबर

Language »