सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्ज मेयर तथा उपमेयर कप क्रिकेट–२०७९ भेरी रकर्स र नेपालगन्ज मोडेल एकेडेमीको सहज जित


नेपालगन्ज, सद्धाव अन्सारीले ९७ रनको योगदान गरेपछि नेपालगन्ज मेयर तथा उपमेयर कप क्रिकेट प्रतियोगितामा भेरी रकर्सको पुरुष टिमले सानदार जित हासिल गरेको छ ।
सोमबार मंगल प्रसाद उच्च मा विको खे मैदानमा भेरी रकर्सले बाँके बारियर्सलाई १ सय ६२ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।
मंगल प्रसाद उच्च मा विको खेल मैदानमाटस जितेर ब्याटिङ गरेको भेरी रकर्सले २० ओभरमा ३ विकेटको नोक्सानीमा २ सय ४६ रन जोडेको थियो ।


प्लेयर अफ द म्याचबन्न सफलभएका रकर्सका सद्धावले ४६ बलमा १३ चौका र ५ छक्का प्रहार गर्दै ९७ रन बनाएकाथिए । सतकप्रहार गर्न ३ रन आवश्यक परेका बेला सद्धाव क्याट आउट भएकाथिए । यसैगरी रकर्स लागि साहिल अन्सारीले ३५ रन, ओपनर साहिद अन्सारीले २९ रन, सद्धाम शेखले १८ र सम्सुद्धिन अन्सारीले १६ रन जोडेको थिए । बाँके बारियर्सका सजलपुन, सिद्धार्थ कश्यप र अविशेख गारुकले १–१ विकेट लिए ।
ज्वाफमा बाँके वारियर्सका खेलाडीले १३ ओभमा ८४ रन बनाएर अलआउट भएका थिए । वारियर्सका राजनकश्यपले सर्वाधिक २९ रन, इमरानजसगरले १८ रन बाहेक अन्य खेलाडीले दोहोरो स्कोर जोड्न सकेनन् । रकर्सका रोशनकुमार साहु, साहिदअन्सारी र साबिह अन्सारीले २–२ विकेट लिएका छन् ।
प्लेयर अफ द म्याच सद्धावलाई नेपालगन्जउप–महानगरपालिका वडा नम्बर १२ अध्यक्ष तरुण बज्राचार्यले पुरस्कृत गरेका थिए ।
यसैगरी महिला तर्फको खेलमा नेपालगन्जमोडेल एकेडेमीले चन्द्रमेवा लाल स्कुललाई सहजै १० विकेट पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको चन्द्रमेवा लालले १४.४ ओभरमा १० विकेटको क्षतिमा ४० रन बनाएको थियो । कमजोर ब्याटिङ गरेको चन्द्रमेवालालका खेलाडीले ब्याटिङ गर्दा १४ रन मात्र जोडेका थिए । उनीहरुले २६ रन अतिरिक्त पाए । टोली का लागि स्वतिका पाण्डेले बनाएको ६ रन नै व्यक्तिगत रुपमा खेलाडीले बनाएको धेरै रन थियो ।


वलिङ तर्फ प्लेयर अफ द म्याचबन्न सफल नेपालगन्जमोडेलकीचमेलीचौधरी र निरुपमा गिरीले २–२ विकेट लिए । जवाफमा नेपालगन्ज मोडेलले ३.२ ओभरमा विना विकेटको नोक्सानीमा जित हासिल गरेको थियो । नेपालगन्जमा ेडेलका लागि अविजित रहँदैं तृष्णा सिंहले २१ र शोभा शाहीले ८ रनको योगदान दिईन् ।
प्रतियोगिता अन्तर्गत मंगलबार पुरुषतर्फको खेलमा बिरताक्रिकेट क्लब र नेपालगन्ज च्याम्प्सले प्रतिस्र्पा गर्नेछन् । महिला तर्फ होलिल्यान्ड बालशिक्षा बिच प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक एवम् बाँके जिल्ला क्रिकेट संघका उपाध्यक्ष सुफियान पठान खानले बताए ।
बाँके जिल्ला क्रिकेट संघले आयोजना र नेपालगन्ज उप–महानगरपालिको आर्थिक सहयोगमा भैरहेको प्रतियोगितामा मेयर (पुरुष) तर्फ २२ र उपमेयर(महिला) तर्फ ६ टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको पुरुषतर्फ समुह ‘ए’ मा ज्योति स्पोर्टस एकेडेमी (ए), फालकोन स्पोर्टस क्लब, नेपालगन्ज थन्डर, थ्रीस्टार क्रिकेट क्लब, नेपालगन्ज मोडेल एकेडेमी र ज्योति स्पोर्टस एकेडेमी(बी), समुह ‘बी’माश्रीचन्द्र मेवालाल स्कुल, भेरी रकर्स, बाँके बारियर्स, जागुर स्पोर्टस क्लब, रनियापुर युवाक्लब रहेका छन् ।
समुह ‘सी’ मामंगल प्रसाद स्कुल, मोर्डन पब्लिक स्कुल, अब्दुल्ला हलायन क्रिकेट क्लब, सेन्ट थोमस स्कुल, न्यु दर्पण युवाक्लब र समुह ‘डी’ मा नेपालगन्ज किङ, नेपालगन्ज–११ रकर्स, धारा मंगोलियन स्पोर्टस क्लब, बिरता क्रिकेट क्लब, नेपालगन्ज चाम्स र कोहलपुर स्पोर्टस एकेडेमीरहेको छ ।
यसैगरी महिलातर्फको समुह ‘ए’ मा नेपालगन्ज मोडेल एकेडेमी, त्रिभुवन स्कुल र श्री चन्द्र मेवालाल स्कुलतथा समुह ‘बी’माहोलिल्यान्ड स्कुल, मंगल प्रसाद स्कुल र बालविद्या स्कुल रहेका छन् ।
प्रतियोगिताको पुरुषतर्फको विजेताले ७५ हजार र उपविजेताले ३५ हजार रुपैयाँप्राप्तगर्नेछ । त्यसैगरी महिलातर्फको विजेता टिमले २५ हजार र उपविजेताले १५ हजार रुपैयाँ, मेडल, ट्रफी, प्रमाणपत्र पाउनेछ । प्रतियोगितामा पुरुष र महिला तर्फको प्लेयर अफसिरिजले ११ हजार रुपैयाँ र प्रत्येक खेलको प्लेयर अफम्याचबन्ने खेलाडीले नगद १ हजार पाउनेछन् ।
प्रतियोगितामा विधागत रुपमाउत्कृष्ट ब्याटर, उत्कृष्ट वलर, उत्कृष्ट फिल्डर र उदयीमान खेलाडीले आर्कषक पुरस्कार पाउनेछन् ।

भर्खरै

सम्बन्धित खबर

Language »