सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पूर्व विद्यार्थी समाजको स्वास्थ्य शिविरमा विशेषज्ञ सेवा


खजुरा, जनता मा वि सन्तकुटी खजुरा पूर्व विद्यार्थी समाजले स्वर्ण जयन्तीको उपलक्ष्यमा आयोजना गरेको स्वास्थ्य शिविर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केयरसिंह थापा र निवर्तन अध्यक्ष शैलेन्द्र खत्रीको स्वास्थ्य जाचबाट प्रारम्भ भएको शिविर जनता मा वि सन्तकुटी खजुरामा सम्पन्न भएको छ ।


खजुरा गाँउपालिका प्रमुख डम्वर वहादुर विक तुफानको प्रमुख आतिथ्यमा प्रारम्भ भएको यस स्वास्थ्य शिविरमा अध्यक्ष तुफानले यस प्रकारको पूर्व विद्यार्थीहरुले आफ्नो विद्यालयमा आयोजना गरेको कार्यक्रमको सारैनी सह्नीय काम भएको वताउनु भयो ।
जनता मा।वि। सन्तकुटी खजुरा पूर्व विद्यार्थी समाजका सल्लाकार एवं स्वास्थ्य शिविरका संयोजक डा। पिताम्वर सुवेदीको अध्यक्षतामा कार्यक्रम संचालन भएको थियो । कार्यक्रमका अध्यक्ष सुवेदीले आफुले यसरी आफु अध्यन गरेको विद्यालयमा स्वास्थ्य क्षेत्रमा सहयोग गर्न पाउदा खुसी लागेको र आफु समाजनको सकारात्म कार्यमा जहिले पनि सगै हुने वताउनु भयो ।
कार्यक्रममा उपस्थित सम्पूर्ण मानुभावहरुलाई यस समाजका सल्लाकार दिल वहादुर पौडेलले स्वागत मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा जनता मा।वि।सन्तकुटी पूर्व विद्यार्थी समाजका अध्यक्ष झविलाल शर्माले कार्यक्रमको उदेश्य माथी प्रकास पार्नुभएको थियो । कार्यक्रममा समाजका अध्यक्ष शर्माले हामी पूर्व विद्यार्थीहरुले स्वास्थ्यको माध्यमबाट आफुले अध्यन गरेको विद्यालयमा आफ्नो दाहित्व निभाउन र विद्यार्थीहरुलाई विद्यालय प्रति जिम्मेवार वनाउन पनि यो कार्यक्रम राखिएको वताउनु भयो साथै यस्ता कार्यक्रमले स्वास्थ्यको सचेतना फैलाउने समेत वताउनु भयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्य

क्ष केयरसिंह थापाले पूर्व विद्यार्थीहरुको यो उत्साहले आफुहरुलाई थप बल पुगेको वताउनु भयो ।
जनता मा।वि। सन्तकुटी पूर्व विद्यार्थी समाजको स्वास्थ्य शिविरमा नाक, कान, चर्म रोग, जनरल चेकजाच, बालरोग र आखाँ सम्बन्धि विशेषज्ञ सेवा प्रदान गरिएको थियो । उक्त कार्यक्रममा डा। पिताम्वर सुवेदी, डा। प्रचण्ड गौतम, डा।संकेत रिसाल, डा। आ।के।झा, डा। खगेन्द्र जंग शाह, लगायतका विशेषज्ञ डाक्टरहरुबाट स्वास्थ्य सेवा प्रदान गरिएको थियो भने डा।पुरुषोत्तम बर्मा मेडिकल अफिसर लगायत स्वास्थ्य कर्मीबाट सेवा उपलव्ध भएको थियो । शिविरबाट विद्यार्थी र अभिभावहरु गरेर ५१० जनाले उक्त सेवा लिएका थिए ।
शिविरको लागि आवश्यक औषधी पूर्व विद्यार्थीहरु कार्यरत कम्पनीबाट निशुल्क रुपमा प्राप्त भएको थियो । औषधी जनता मा।वि।मा कार्यरत पूर्व विद्यार्थी डा। प्रचण्ड गौतम, विकास दाहाल, विष्णु देवकोटा, प्रेम खरेल लगायत ब्रृनोज कान स्वास्थ्य स्यार केन्द्रका पुरन थारु, डा। अजय वैश्य, स्वास्थ्य कर्मी प्रसिद्ध ढकाल र खजुरा गाउँ पालिकाबाट प्राप्त भएको थियो ।
कार्यक्रममा विद्यालयका प्र।अं महेन्द्र खत्री, पूर्व विद्यार्थी समाजका पधादीकारी एवं सदस्यहरु, मेडिकल अफिसर डा। पुरुषोत्तम वर्मा लगायतका स्वास्थ्य कर्मीहरु लक्ष्मी केसी, सुदिप पौडेल, खडानन्द भट्टराइ, नकुल थापा, प्रसिद्ध ढकाल, अर्जुन सुनार, प्रचण्ड गौतम, प्रेम चन्द्र, तिर्थमान समेतको स्वास्थ्य कर्मीको टिमले कार्यक्रममा सेवा प्रदान गरिएकोे थियो । समुद्घाटन कार्यक्रम पूर्व विद्यार्थी समाजका सचिव विवेक लामिछानेले संचालन गर्नु भएको थियो ।
नि शुल्क स्वास्थ्य शिविरमा प्रत्यक्ष सहयोग गर्नुहुने चिकित्सकहरु, स्वास्थ्य कर्मीहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं सदस्यहरु, शिक्षकहरु, समाजसेवी, विभिन्न औषधि प्रदान गर्ने मनकारी दाताहरु लगायत पूर्व विद्यार्थी समाजका कार्यसमितिका पधादीकारी, सदस्य, सल्लाकारहरु साथै उपस्थित सम्पूर्ण मानुभावहरुमा धेरै धेरै धन्यवाद दिन चाहान्छु ।

भर्खरै

सम्बन्धित खबर

Language »