सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेप्सेम्याकमा कार्यरत उत्कृष्ट सात कर्मचारी सम्मानित

काठमाडौं । स्वच्छ तथा सुन्दर वातावरण निर्माण गरी नागरिकको बाँच्न पाउने अधिकारलाई सुरक्षित गर्दै घरबाट निस्कने फोहोरलाई व्यवस्थापन गरी सरकारको सहयोगी संस्थाको रुपमा सञ्चालनमा रहेको नेप्सेम्याक सेवा प्रा.लि.ले काठमाडौँको कीर्तिपुर नगरपालिका चोभारमा आयोजित कर्मचारीलाई प्रशिक्षण, उत्कृष्ट कर्मचारी सम्मान, पुरस्कार वितरण तथा वातावरणमैत्री बनभोज कार्यक्रममा आफ्ना सात जना उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको छ ।


सम्मान हुनेमा सर्वोत्कृष्ट कर्मचारी पदमबहादुर तामाङ तथा अन्य कर्मचारीमा आनन्दी लामा, केशरीमाँया पोडे, कुलबहादुर तामाङ, तिलक रम्तेल, कलावती लामा र भिमकुमार श्रेष्ठ रहनुभएको छ । पदम बहादुर तामाङ लाई नगद रु १५ हजारको साथमा सम्मान पत्र प्रदान गरेको छ भने अन्यलाई जनही ७ हजार पाँच सय नगद तथा सम्मानपत्र सहित सम्मान गरिएको छ ।


कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख इश्वर थापा, उपप्रमुख सुजता वादे, दक्षिणकाली नगरपालिका प्रमुख मोहन बस्नेत, उपप्रमुख बसन्ती डंगोल, नेपाली कांग्रेस भक्तपुर सूर्यविनायक नगरपालिकाका सभापति निशन ढुंगेल, महिला नेतृहरु जुना बस्नेत, अञ्जना मधिकर्मीलगायतका सामाजिक क्षेत्रका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।


कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्यले विश्वसामु नेपालको सभ्यता भनेको सुन्दर काठमाडौँ उपत्यकाका साथमा प्राकृतिक तथा वातावरणीय रुपमा सुन्दर देश नेपाल बनाउनु रहेको उल्लेख गर्दै उहाँले फोहोर व्यवस्थापन उपत्यकाको लागि ठूलो चुनौती रहेको स्वीकार गर्नुभयो । सरसफाई प्रति स्थानीय, प्रदेश तथा संघीय सरकार गंभिर रहेको उल्लेख गर्दै सभ्यताको पहिचान भनेको नै सरसफाई र वातावरण स्वच्छता रहेको उल्लेख गर्नुभयो ।


नागार्जुन नगरपालिकाका उपप्रमुख शुसिला अधिकारीले सरकारसँग हात मिलाएर नेप्सेम्याकले फोहोर व्यवस्थापनमा देशकै लागि ठूलो सहयोग गरिरहेको बताउनुभयो ।


अखिल नेपाल ट्रेड युनीयन महासंघका उपाध्यक्ष जय कार्कीले स्वास्थ्य र सुरक्षामा विशेष ध्यान दिन नेतृत्व तथा कर्मचारीहरुलाई विशेष आग्रह गर्नुभयो ।


नेप्सेम्याकका अध्यक्ष टीकाराम दाहालले नेप्सेम्याकले फोहोरको पहाडलाई न्युनिकरण गरी वातावरण प्रदुषण नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभयो । फोहोरमुक्त सहर बनाउने नेप्सेम्याकको योजना रहेको उल्लेख गर्दै उहाँले घरबाट निस्किएको फोहोरबाट पुनः प्रयोग गरी आर्थिक उपार्जनको आधार तयार समेत हुने बताउनुभयो ।


हाल संस्थाले ७ सयलाई रोजगारी दिइरहेको उल्लेख गर्दै उहाँले स्थानीय सरकारले अपेक्षाकृत रुपमा सहयोग नगर्दा काम गर्न कठिन भएको गुनासो व्यक्त गर्नुभयो । सहरलाई सफा बनाएर विदेशी पर्यटकलाई नेपाल भित्र्याउन सफल भए देशको आर्थिक वृद्धिदर उच्च हुने दावी गर्दै उहाँले फोहोरबाट मल, ग्यास तथा विजुली निकाल्न सकिने बताउनुभयो ।


नेप्सेम्याक प्रा.लि.लाई यो स्थान सम्म पुर्याउन कर्मचारीहरुकोे नेतृत्व स्वयंभु शाखा सोमनाथ ढकाल, महाराजगन्ज शाखा एकराज सुवेदी, भक्तपुर शाखा हरिबस सुवेदी, ललितपुर फिल्ड ब्याबस्थापन तुलसीराम सिटौला ले गर्नुभएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »