सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

परसपुरमा सहादत मस्जिद गुठीको जग्गामा भूमाफियाको आँखा

नेपालगंज, बांके जिल्ला नेपालगंज,१७ परसपुर स्थित रहेको सहादत मस्जिद गुठीको नाम दर्ता रहेको जग्गा भूमाफियाका आँखामा परेको छ । नेपालगंज,१७ परसपुर सहादत मस्जिद गुठीका नाममा रहेको जग्गालाई आफ्नो निजि नाममा लैजानाका लागी जालझेल गरी वडा नम्बर १७ बाट निजि गर्न सिफारिस मांग गरेको रहेको पनि तथ्य खुलेको छ ।


बिगतको दिनमा पूर्व न्यायाधीश मोहनरमण भट्टराई अध्यक्षको सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धि जाँचबुझ आयोगले त्यसरी व्यक्तिको नाममा लगिएका जग्गा गुठीकै नाममा फिर्ता ल्याउन सरकारलाई सिफारिस गरेको थियो । बांके जिल्ला नेपालगंज १७ परसपुरमा रहेको सहादत मस्जिद मुस्लिम समुदायको आस्था माथि नेपालगंज,१७ का केहि चर्चित भूमाफियाहरुले गुठीको जग्गा व्यक्तिको नाममा दर्ता गराउनाका लागी बांके नेपालगंजमा रहेको मालपोत कार्यालय प्रमुखलाई दबाव दिरहेको खुलेको छ । नेपालगंज १७ परसपुर का स्थानिये सहादत मस्जिद समितिका सचिव इसराईल शेखले लिमरा खबरलाई जानकारी गराएको छ।
बांकेमा पहिला पनि गुठीको जग्गामा भूमाफियाहरुको जालझेल भएकै हो बाँकेमा रहेको बागेश्वरी मंदिर गुठीको ८४ विगाहा जग्गा हिनामिना भएको आयोगको छानबिनमा खुलेको छ । पटक पटक गरेर जग्गा व्यक्तिको नाममा रैतानी करार गरिएको हो । मन्दिरका पूजारीबाटै १७ विगाहा जग्गा आफ्नो नाममा राखेर बेचबिखन गरेका हुन् । जग्गा कमाउने व्यक्तिहरुको नाममा गुठी तैनाथी जग्गा रैतानी परिणत गरेकाले सो जग्गा बागेश्वरी गुठीकै नाममा फिर्ता ल्याउन मालपोत कार्यालय बाँकेलाई निर्देशन दिन आयोगले सरकारलाई सिफारिस गरेको छ ।
बिगत मा बझाङ जिल्लाको चैनपुरस्थित शिलालय गुठीको ८ रोपनी १३ आना ३ दाम जग्गा पनि व्यक्तिको नाममा गएको औंल्याइएको छ । कित्ता नम्बर ६५९ र ६६४ मा रहेको गुठीको जग्गा व्यक्ति बिशेषको नाममा दर्ता भई हक हस्तान्तरण भएकाले शिवालय गुठीकै नाममा कायम गर्न नेपाल सरकारबाट गुठी संस्थानलाई निर्देशन दिन भनिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »