सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौंको सातौं साधारणसभा तथा तेश्रो अधिवेशन महासंग्राम : कसले मार्ला बाजि ?


काठमाडौं । पछिल्लो समय समाजमा होस् या कुनै संगठनमा आफ्नो प्रभुत्व जमाउनका लागि मुख्य पद आफ्नो पोल्टामा पार्न साम ,दाम,दण्ड,भेद प्रयो गर्न पनि पछि नपरेका थुप्रै उदहारणहरु देख्न सकिन्छ ।
ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौंको तेश्रो अधिवेशन नजिकिदै गर्दा यो संस्थाको अध्यक्ष बन्ने आकांक्षीहरुको भिड पनि थेगिनसक्नुको भएको एक श्रोतले बताएको छ ।
संस्थाका वर्तमान अध्यक्ष यज्ञ दास श्रेष्ठले बिधान बमोजिमनै अध्यक्ष पद हस्तान्तरण गर्नुपर्ने भएपछि अध्यक्षका दावेदारहरु चलखेलमा लागेका हुन् । ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालमा आवद्ध यो संस्था महासंघमा कसलाई अध्यक्ष बनाउने भन्ने सम्मको निर्णायक शक्तिको रुपमा रहेको छ ।
१४ वटा इकाई समिति तथा २ वटा क्षेत्रीय समिति रहेको यो जिल्ला समितिको मातहतमा रहेका सबै इकाई र क्षेत्रको समेत अधिवेशन सम्पन्न भइ नयाँ कार्यसमिति चयन भईसकेको छ ।
संस्थाको जिल्ला अध्यक्षमा दावी गर्नेमा वर्तमान वरिष्ठ उपाध्यक्ष राजेन्द्र अर्याल , उपाध्यक्ष सुनिल कुमार अमात्य र विष्णु भत्त m डंगोल , महासचिव राजुलाल श्रेष्ठ तथा जिल्ला सदस्य राम प्रमोद ठाकुर रहेका छन् ।
संस्थाको यो भन्दा अगाडीको प्राय अधिवेशनहरुमा महासंघका केहि हस्तिहरुको चाहनामा समिति बन्ने गरेकोले यो पल्ट पनि कसलाई बनाउने भन्ने बिषयमा महासंघकै पदाधिकारीहरु लागिरहेको श्रोतको दावी छ ।
महासंघको केहि प्रभुत्व जमाएर बसेका पदाधिकारीहरु को चाहना बमोजिम काठमाडौं जिल्लाको अध्यक्ष लगायत पदाधिकारीहरुको टुङ्गो लाग्ने भए पछि अध्यक्षका दावेदारहरु महासंघका पदाधिकारीहरु ,क्षेत्रिय अध्यक्षहरु तथा इकाईका अध्यक्षहरु संग बेग्ला बेग्लै भेटघाट र छलफलमा जुटेको संस्थाका एकजना सदस्यले बताएका छन् ।
बार्षिक कराडौंको कारोबार गर्ने यो व्यवसायीक संगठनको अध्यक्ष वा पदाधिकारी भएपछि संस्थाकै बलमा नेपालसरकारका बिभिन्न निकाय संग नजिक रहने तथा ठुला हार्डवेयरहरुबाट समेत काम र उधारोमा सामाग्री लिन सकिने भए पछि यसमा हानाथाप परेको संस्थामा लागेर छाडेका एक ग्रील व्यवसायीको दावी छ ।
संस्थाको जिम्वेवार पदमा बसेर सामुहिक हितको लागि केहि नगर्ने तर संस्थाको नाम बेचेर आफ्नो दुनो सोझ्याउन बानि परेकाहरुले लामो समयदेखि यो संस्थालाई आफ्नो मुठिमा राखेको ति व्यवसायीको आरोप छ । उनि भन्छन् बिसौं बर्ष भएको संस्थाले आफ्नो एउटा कार्यालय समेत व्यबस्थापन गर्न नसक्नु यसको उदहारण हो ।
यस्तै बिभिन्न बिषयमा बिमति राख्दै काठमाडौं जिल्ला पश्चिम क्षेत्र अन्तरगतको सितापाईला इकाईबाट जिल्लामा कोषाध्यक्ष समेत बनेका एकजनाले त बिद्रोह गरेर अर्को समानान्तर समिति बनाउने संकेत समेत गरेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »