सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपाल अन्तराष्ट्रिय शक्तिकेन्द्रहरुको चलखेल गर्ने ठाउँ बन्दै : पुर्व सभामुख अग्नी सापकोटा


काठमाडौं । नेकपा(माओवादी केन्द्र)का उपाध्यक्ष तथा संघिय संसदको पुर्व सभामुख अग्नीप्रसाद सापकोटाले नेपाल अन्तराष्ट्रिय शक्तिकेन्द्रहरुको चलखेल गर्ने ठाउँ बन्दै गईरहेको बताउनु भएको भएको छ ।
सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क समन्वय समितिद्वारा आयोजित बधाई, शुभकामना तथा वनभोज कार्यक्रममा प्रमुख अतिथिको मनतव्यमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।
करिब तिन बर्ष संघिय संसदको सभामुख भएर कार्यसम्पादन गर्दा अत्यन्तै असाधारण परिस्थितिको सामना गर्नु परेको र त्यस्तो अवस्थामा पनि आफु कुनै शक्तिकेन्द्रको प्रभावमा नपरिकन देश र जनताको हितमाहुने कार्यगर्न लागि रहेको उहाँको भनाई छ ।
माओवादी केन्द्रलाई एउटा बिधि र बिधानमा अगाडी बढाउन सिन्ुपाल्चोकबाटै शुरु गर्ने उदेश्यकासाथ गत निर्वाचनमा युवानेताहरुलाई उम्मेदवार बनाएर अगाडी बढाएको उहाँले बताउनुभयो ।
सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क समन्वय समितिका अध्यक्ष जयराम आचार्यको शभापतित्व र सचिव तोक बहादुर गधराज ( तोकेन्द्र ) को सन्चालनमा भएको कार्यक्रममा सिन्धुपाल्चोक बाट संघिय संसदमा निर्वाचित माधव सापकोटा (सुबोध ) ,माओवादी नेता केशव नेपाल , प्रदेश सभामा निर्वाचित सांसद तथा बागमती प्रदेशका भौतिक पुर्वाधार बिकास मन्त्री युवराज दुलाल(शरद), प्रदेश सभामा निर्वाचित सांसद सरल सहयात्री पौडेल , सांसद अमृता नेपाल (प्रभा),सिन्धुपाल्चोक अध्यक्ष गोबिन्द पराजुली (अबिनास ) ,सम्पर्क समन्वय प्रदेश समितिका अध्यक्ष श्रीकष्ण अधिकारी (बिबेक),सम्पर्क समन्वय बागमती प्रदेश समितिका अध्यक्ष ठुलोबाबु श्रेष्ठ , युवा नेता टोपनाथ साकोटा , सम्पर्क समन्वय सिन्धुपाल्चोक इन्चार्ज महेन्द्र घोरासैनी ,माओवादी केन्द्रीय कार्यलय सदस्य एबिन्द्र पराजुली , बलेफी गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङ(प्रबेश), लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम आयोजकको तर्फबाट गत निर्वाचनमा सिन्धुपाल्चोक बाट निर्वाचित संघिय तथा प्रदेश सांसदहरुलाई बधाई तथा शुभकामना पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्दै बधाई, शुभकामना तथा वनभोज कार्यक्रमका संयोजक महेशलाल श्रेष्ठले “हामि सबैलाई थाहा छ भन्न जति सजिलो छ ,काम गर्न त्यति सहज छैन , पछिल्लो समय बढेको व्यक्ति केन्द्रित चाप्लुसी र चाकडी बाट प्राप्त पदमा बस्नेहरुबाट पार्टीलाई झन ओरालो तिर लैजाने निश्चित छ । यो मैले काम गर्दै गदा गरेको अनुभव हो । यो कार्यक्रम आयोजक समितिको संयोजक भएर काम गर्दै गर्दा थुप्रै प्रकारका प्रबृतिहरु संग मुकाबिला गर्नु पर्ने अवस्था आयो । तर हरेक कार्यक्रमले पार्टी कायकर्ताहरुलाई कृयाशिल बनाउन मद्यत गर्छ भन्ने कुराको पुष्टि यो कार्यक्रमले पनि गरेको छ । आफ्नो जिल्ला वा क्षेत्रको नेतृत्व संग आफ्ना दुख सुखका कुरा साटासाट गर्न यो कार्यक्रम एक कोशेढुंगा साबित हुने छ । यो कार्यक्रमले समग्र सिन्धुवासीलाई माओवादीमय बन्न र बनाउन एक पुलको काम गर्न मद्यत गर्ने छ भन्ने बिस्वास लिएको छु” । भन्नु भयो ।


कार्यक्रममा लामो समयसम्म सिन्धु मओवादीको नेतृत्वदायी भुमिकामा रहेर कार्य गरि हाल उपल्लो कमिटिको जिम्बेवारीमा पुग्नुभएका टोपनाथ सापकोटा र ठुलो बाबु श्रेष्ठलाई बधाई तथा सम्मान गरिएको थियो ।


माओवादी पार्टीलाई बिभिन्न माध्यमबाट सहयोग गर्ने तथा सिन्धुपाल्चोकको नाम अगाडी ल्याउन महत्वपुर्ण भुमिका खेल्ने , कराँतेका ओम्पुलामा , मिस तामाङ वल्र्डमा सहभागि नमुना तामाङ,जनवादी गायक ज्ञानसिं वाईवा लाई कार्यक्रमा प्रमुख अतिथिको हातबाट सम्मान गरिएको थियो ।


वनभोज कार्यक्रममा लोक गायक भिमशेन बतिवडा र गायीका शारदा रसाईलीले सांगितीक प्रस्तुती मार्फत सहभागिहरुलाई भरपुर मनोरन्जन दिनु भएको थियो ।


म्युजिकल चियर तथा घैंटो फुटाउने खेलबाट पनि सहभागिहरुले मनोरन्जन लिनुभएको थियो ।


कार्यक्रमको सह संयोजनमा विश्वराम पराजुली ,स्वयंसेबक संयोजनमा पुरुषेत्तम चौलागाईँ , ब्यबस्थापन संयोजनमा सुवास आचार्य, आर्थिक संयोजनमा गोकुल प्रसाद दंगाल तथा प्रचार प्रसार संयोजनमा देवराज बस्नेतको भुमिका रहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »