सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगञ्ज उपमहानगरपालिका वडानं १२ का जेष्ठ नागरिकका लागि निशुल्क स्वास्थ्य शिविर


नेपालगञ्ज , नेपालगञ्ज उपमहानगरपालिका वडानं १२ का जेष्ठ नागरिकलाई लक्षित गरी एकदिने निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ ।

नेपाली उपभोक्ता संरक्षण महासंघ जिल्ला कार्य समिति बाँकेले नेपालगञ्ज उपमहानगरपालिका वडानं। १२ संग समन्वय र सहकार्यमा वडामा रहेका जेष्ठ नागरिकको स्वास्थ्य अवस्था जाँच गरी औषधि समेत वितरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको वडा अध्यक्ष तरुण बज्राचार्यले जानकारी दिए ।

नेपालगञ्ज उपमहानगर वडानं। १२ को जेष्ठनागरिक क्लवका अध्यक्ष अजितकुमार रेग्मीको अध्यक्षतामा सुरु भएको सो सिविरको नेपालगञ्ज उपमहानगरका मेयर प्रशान्त विष्टले उद्घाटन गरेका थिए ।

करिव १ सयले लाभ लिएको सो शिविरमा नेपाली उपभोक्ता संरक्षण महासंघका संयोजक तथा बरिष्ठ प्लास्टिक सर्जन डा। बिनोद कर्ण, मेडिकल अफिसरहरु डा। राहुल कुर्मी, डा। सवाना मुकेरी, डा। उर्वशी गुप्ता र डा धिरज गिरीले सेवा दिएका थिए ।

आयोजक संस्थाले नेपालगञ्जका २३ वटै वडामा विषेशज्ञ सहितको स्वास्थ्य शिविर सञ्चालन गर्ने लक्ष रहेको संयोजक डा कर्णले जानकारी दिए ।

भर्खरै

सम्बन्धित खबर

Language »