सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

परसपुरमा सहादत्त मस्जिदको दर्तावाला सार्बजनिक जग्गा भुमाफियाको नाममा गर्ने कसरतमा रोक


नेपालगन्ज, परसपुरमा रहेको सहादत्त मस्जिदको दर्तावाला सार्बजनिक जग्गा भु–माफियाको नाममा गर्ने कसरतमा रोक, लागेको छ। नेपालगन्ज उप९महानगरपालिका वडा नम्बर १७ परसपुरमा रहेको सहादत्त मस्जिद गुठीको नाममा रहेको करोडौं मूल्यका सार्बजनिक जमिन नेपालगंज १७ परसपुरका भूमाफिया र मालपोत,कर्यालय तथा नेपालगन्ज उप९महानगरपालिका कानुनसाखाका कर्मचारीको मिलेमतोमा मस्जिदको नाममा रहेकोजग्गा भूमाफियाको नाममा निजि नामसारी गराउने तथ्य सार्वजनिक भएको छ।


नेपालगन्ज १७ स्थित परसपुरको सहादत्त मस्जिद्को नाम दर्ता रहेको ५२ कट्ठा जग्गा भूमाफिया र उप९महानगरपालिका तथा मालपोत कर्मचारी मिलेर व्यक्तिका नाममा लैजानाका लागी भूमाफिया र मालपोत कार्यालयका कर्मचारी उप-महानगरपालिका कर्मचारीसँग मिलेर किर्ते कागज बनाई भूमाफिया र परसपुरकै स्थानिये बिभिन्न अपराधिक किर्याकलापमा संलग्नरहेका बेक्ति जिल्ला अदालतबाट जमानतमा छुटेका बेक्तीहरुले मुस्लिमहरुको आस्थामाथि चोट पुग्नेगरि किर्याकलाप गरेको तथ्य सार्बजनिक भएको स्थानिये श्रोतको दाबी छ ।
बिगतमा भएको घट्नाले पनि नेपालगंज १७ का मुस्लिम समुदाय चितिंत रहेको सहादत्त मस्जिद्का सल्लाहकार जुमई बेहनाले बताए। उनले भने बिगतमा २०७५ सालमा भूमाफियाले मालपोत कर्मचारीसँग मिलेर जुनेद अन्सारीले पनि नेपलागन्ज उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको सार्बजनिक ५ कट्ठा १३ धुर सार्बजनिक जग्गा आफ्नी सासू लाली मल्लको नाममा गराएको पाइएको छ। भारत बहराइचस्थित मोतीपुर स्थायी घर भई नेपालगन्ज–१६ मा बस्दै आएका जुनेद ८ महिनाअघि उक्त जग्गाको दर्ता स्रेस्ता कायम गराउन सफल भएका थिए। नेपालगन्ज–१६ मा स्थानियेको बिरोधपछि मालपोत कार्यालयले उनले जग्गाधनी प्रमाण पुर्जा भने लिन पाएनन् ।
सरकारी कर्मचारीकै मिलेमतोमा किर्ते कागजात बनाएर करोडौं मूल्यको सार्बजनिक सहादत्त मस्जिद्का जग्गा निजि नाममा नामसारी गराउने तथ्य खुलेपछि स्थानिएहरुले बिरोध जनाएका छ्न ।

२०७९ सालको स्थानिये चुनाव को ५ दिन अगाडी पुर्ब मेयर तथा बर्तमान बांके छेत्र नम्बर २ का सांसद धवल समशेरले निजि दर्ताका लागि मालपोत कार्यालय लाई दिएको सिपारिस स्थानिय वडाको अधिकार मिचि सिपारिस दिएको रहेको कानुनी सल्लाहकार तथा सहादत्त मस्जिद समिति का उपाअध्यक्ष सज्जन अलि सल्मानीको भनाई रहेको छ। सल्मानीले भने परसपुरका भूमाफिया मालपोत कार्यालय बांकेका कर्मचारी ना।सु।कृष्णराज न्यौपानेको मिलोमतोमा फर्जि कामतामेल गरेको तथ्य खुलेको छ। तेति मात्रै होइना स्थानिए सरकारी वडा कार्यालय को छाप को पनि दुरुपयोग भयेको सोझै देखिन सकिंछ। ना सु कृष्णराज न्यौपानेले तयार गरेको मुचल्का मा फर्जि नाम लेखेर दस्त्खत गरेको मुचल्कामा नाम लेखेका इराक अलि दर्जि नेपालगंज९१७ का बसिंदै होइनन स्थनियेबसीको दाबी छ ।
सहादत्त मस्जिद्का कै, जग्गामा भूमाफियाले ‘सार्वजनिक जग्गाका फिल्डबुकमा मनलाग्दी ढंगले मोही कायम गराएका थिए । भूमाफियाले फिल्डबुकमा खडा गरेका नक्कली मोहीलाई ३ कट्ठा जमिन दिएको स्थानिये बासी अरमान अली बेहना को भनाई रहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »