सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तेमाल डाँडामा चन्दा संकलन गरेर निर्माण सम्पन्न गुम्बाको उद्घाटन गर्न भोलि नारायण काजी श्रेष्ठ तेमालमा

काठमाडाैँ । काभ्रेको तेमाल गाउँपालिका वडा नं. ८ टेकनपुरमा चन्दा संकलन गरेर निर्माण गरेको गुम्बाको उद्घाटन गर्न उपप्रधान तथा भौतिक योजना तथा यातायात मन्त्री नारायण काजी श्रेष्ठ भोलि चैत्र १८ गते शनिवार तेमाल जाँदै छन् ।

वरिष्ठ पत्रकार जगतमान दोङको विशेष पहलमा काभ्रेको तेमाल गाउँपालिका वडा नं. ८ टेकनपुरमा गुम्बा निर्माण सम्पन्न भएको छ । अमेरिकामा बसोवास गर्दै आइरहेका कुमार दोङ र सिदमान तामाङले आठ हजार अमेरिकी डलर दिएको चन्दाबाट २०७७ साल पुस २० गतेबाट उग्येन पेज्युङ डुब्देलिङ गुम्बाको निर्माण कार्य शुरु भएको थियो । उक्त गुम्बाको उदुघाटन गर्नका लागि भोलि उपप्रधान तथा भौतिक योजना तथा यातायात मन्त्री नारायण काजी श्रेष्ठ तेमाल गाउँपालिका वडा नंं. ८ टेकनपुरमा जादैछन् ।

एक करोड पचास लाखमा निर्माण सम्पन्न भएको उग्येन पेज्युङ डुब्देलिङ गुम्बाको उपप्रधान तथा भौतिक योजना तथा यातायात मन्त्री नारायण काजी श्रेष्ठको प्रमुख आतित्थ्यतामा उद्घाटन हुने कार्यतालिका रहेको वरिष्ठ पत्रकार तथा गुम्बा निर्माणका लागि निरन्तर अभियान संचालन गरिरहेका जगतमान दोङले सारा खबरलाई जानकारी दिनुभएको छ ।

विभिन्न देशमा रहेका नेपालीहरुको सहयोगमा र नेपालमा नै रहेका नेपालीहरुले दिएको आर्थिक सहयोगमा यो गुम्बा निर्माण सम्पनन भएको हो । निरन्तर अभियानमा जुटेका वरिष्ठ पत्रकार जगतमान दोङले ३ वर्षको अन्तरालमा यो गुम्बा निर्माण कार्य सम्पन्न गर्न सफल भएको छ ।

इमानदारीताका साथ सामाजिक हितका लागि कनैपनि कार्य थलानी गर्यो भने सम्पन्न हुने रहेछ भन्ने बलियो प्रमाण यो गुम्बा निर्माण कार्यले उदाहारण पेश गरेको छ । गुम्बा निर्माणकै लागि विभिन्न श्रेत्रबाट थप सहयोगहरु आइरहेको उहाँले जानकारी दिनुभएको छ ।

तेमाल बौद्घ धर्म शास्त्र अनुसार पवित्र स्थल हो । यो स्थानमा गुम्बा, माने निर्माण गर्न सकेमा धर्म हुने जनविश्वास रहेका छन् । तेमालमा ग्योलुङ पहारा, तोम्सुङ कुण्ड, ढुक्पा ने गु, नारायण स्थानको मन्दिर, ह्रो साइवाको ग्योई, ऐतिहासिक छ ग्याङहरु र तामाङ सस्कृतिको अध्ययन, अनुसन्धान गर्न पाइन्छन् भने लाङटाङ हिमाल, गणेश हिमाल, महालङगुर रेन्जमा रहेका हिमालहरु, शैलुङ र महाभारतलाई नजिकबाट नियाल्न सकिनेछन् । यस्तै गरेर रोशी र सुनकोशी नदीमा पौडी खेलेर रमाइलो गर्न सकिने छन् ।

तेमाल गाउँपालिका वडा नं. ८ योगारमा निर्माण भएको यो गुम्बाले पनि पर्यटकहरुका लागि थप अकार्षण केन्द्र थपिदिनेमा कुनै दुईमत छैन ।

भर्खरै

सम्बन्धित खबर

Language »