सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

योगिता मोक्तान प्रतिभा पुरस्कार २०७९ कलाकार बैरागी मोक्तानलाई

काठमाडाैँ । नेपाल तामाङ कलाकार संघको आयोजनामा दोस्रो योगिता मोक्तान प्रतिभा पुरस्कार २०७९ वरिष्ठ कलाकार चन्द्रकुमार मोक्तानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

कार्यक्रम संचालक तथा गायक तथा संगीतकार विशाल कल्तानले स्वर्गीय योगिता मोक्तानको बारेमा चर्चा गरेको थियो ।

निडर स्वभावका स्वर्गीय गायकिा मोक्तान जनवादी कलाकार हो तर शान्ति वार्तापछि सेलो संगीतमा लागेको थियो ।

स्वर्गीय योगिता मोक्तान प्रतिभा पुरस्कार २०७९ सेलो गायक बैरागी मोक्तानलाई प्रधान गरिएको छ । बैरागी मोक्तानले फापारे सेलो गीत गाउन थालेको एक दशक पूरा गरिसकेको छ ।

पहिलो योगिता मोक्तान प्रतिभा पुरस्कार २०७८ गायिका अन्जु थोकरलाई प्रधान गरिएको थियो ।

स्वर्गीय योगिता मोक्तानको परिवारले ूयोगिता मोक्तान प्रतिष्ठानू स्थापना गर्ने घोषणा गरेको छ उक्त प्रतिष्ठानका लागि नेपाल राष्ट्रिय तामाङ घेदुङ संघको महासचिव प्रविन बलले रु १०,००० सहयोग गर्ने घोषणा गर्नु भएको छ ।

सम्मानित गायक बैरागी मोक्तानले प्राप्त पुरस्कार रकमबाट योगिता मोक्तानको सम्झनामा गीत सृजना गर्ने प्रतिबद्धता गरेको छ ।

बुबा वीर बहादुर मोक्तान र आमा निरुकुमारी गुरुङको कोखबाट जन्मिएको गायिका योगिता मोक्तान २०६७ फागुन ५ गते मृत्यु भएको थियो ।

नेपाल तामाङ घेदुङको वरिष्ठ उपाध्यक्ष कुमार घिसिङले स्वर्यीय योगिता मोक्तानसँगको सम्झना सुनाउनु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि चन्द्र कुमार मोक्तानले राष्ट्रले तामाङ कलाकारलाई नसम्झेको भन्दै गुनासो पोख्नुभयो । बहुनवादको कारणले तामाङ स्रष्टाहरुलाई राष्ट्रले सम्झन नसकेको उहाँको दाबी छ । शैक्षिकरुपमा भावी सन्ततिलाई अगाडि बढाउन नसके राष्ट्रबाट तामाङहरु सधै अपहेलित भइरहने हुनाले शैक्षिकरुपमा अगाडि बढ्न उहाँले सबैलाई अनुरोध गर्नुभएको छ ।

कार्यक्रमको सभापति विश्व दोङले तामाङ गीत संगीतमा विकृति आइरहेको हुनाले तामाङ मौलिक गीत संगीतलाई योगदान दिने व्यक्तिलाई छानेर सम्मान गर्ने निर्णय अनुरुप बैरागी मोक्तानलाई छानेको बताउनुभयो । स्मृति दिवसको अवसरमा कार्यक्रम गर्न नसकेपनि स्रष्टाकाे सम्मानका लागि ढिलै भएपनि कार्यक्रमको आयोजना गरेको अध्यक्ष विश्व दोङले जानकारी गराउने भएको छ ।

कार्यक्रममा नेपाल तामाङ कलाकार संघकाे पूर्व अध्यक्ष तथा सल्लाहकार सन्जिव वाइवा राेज माेक्तान नेपाल तामाङ पत्रकार संघकाे केन्द्रिय सदस्य मिलन कुमार लामा आदिले श्रद्ञ्जली व्यक्त गरेका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »