सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बर्दियाका युवा महिलालाई बचत तथा ऋण परिचालन सम्बन्धि अभिमुखिकरण

नेपालगञ्ज, बाँके युनेस्को क्लबले हाम्रो मध्यवर्ति बचत तथा ऋण सहकारी संस्थासंगको समन्वयमा बर्दियाको ठाकुरबाबा नगरपालिकाका युवा महिलाका लागि सहकारी शिक्षा सम्बन्धि अभिमुखिकरणको आयोजना गरेको छ ।
सो अभिमुखिकरण प्लान नेपालको सहयोगमा क्लबले सञ्चालन गरेको युवा महिलाको आर्थिक शसक्तिकरण तथा रोजगार प्रवर्धन परियोजना अन्तर्गत आयोजना गरिएको थियो ।


सो अभिमुखिकरणमा ठाकुरबाबाका रोजगारमा लागेका १८ जना युवा महिलालाई सहकारी शिक्षा, बचत तथा ऋण परिचालन र नितिगत प्रक्रियाका बारेमा विस्तृत रुपमा जानकारी गराईएको परियोजना संयोजक गोविन्द लामिछानेले बताउनुभयो ।
तालिम प्राप्त गरेपछि युवा महिलाले सञ्चालन गरिरहेको व्यवसायलाई स्तरोन्नती गर्दै बचत गर्ने बानी बसाल्नका लागि उनिहरुलाई सहकारीमा आवद्ध गरिएको उहाँले बताउनुभयो ।
सो अभिमुखिकरणमा व्युटिपार्लर, टेलरिंग, होटल व्यवसाय, नास्ता पसल र खुद्रा पसल सञ्चालन गरिरहेका महिलाहरुका साथै मध्ववर्ति बचत तथा ऋण सहकारी संस्थाका वरिष्ठ उपाध्यक्ष दुर्गा सापकोटा, प्रमुख कार्यकारी अधिकृत गणेश बहादुर थापा, महासचिव जनार्दन शर्मा, फिरु चौधरी, उदयराज चौधरी, ऋण विभाग प्रमुख साधना थापा, बीमा तथा विप्प्रेषण विभाग प्रमुख हिमराज खड्का, आर्थिक शाखा प्रमुख शर्मिला आचार्य, तालिम प्रशिक्षक प्रमखु र प्लान नेपालका जिल्ला कार्यक्रम संयोजक गोमा वली चौधरी तथा फिल्ड सुपरभाइजर कन्चन दहित र गोविन्दी विक लगायतको सहभागिता रहेको थियो ।
सो कार्यक्रममा सहभागिलाई बाल सुरक्षा पोलिसीका बारेमा जानकारी गराईएको थियो । सो कार्यक्रम मध्ववर्ति बचत तथा ऋण सहकारी संस्थाका वरिष्ठ उपाध्यक्ष दुर्गा सापकोटाको प्रमुख आतिथ्यता र परियोजना संयोजक गोविन्द लामिछानेको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत गणेश बहादुर थापाले युवा महिलालाई सुलभ दरमा विना धितो ऋण उपलब्ध गराउने र व्यवसायलाई अगाडी बढाउन निरन्तर अनुगमन गरिने बताउनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »