सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपाल द्वारा नव निर्वाचित उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुलाई भव्य सम्मान

काठमाडौं । ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपाल द्वारा नव निर्वाचित उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुलाई भव्य सम्मान गरेको छ ।
कार्यक्रममा ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका पदाधिकारीहरु ,ग्रील तथा स्टील ब्यवसायी संघ काठमाडौंका पधादिकारीहरु ,पुर्व र पश्चिम क्षेत्रका पदाधिकारीहरु , १४ वटा इकाई समितिका अध्यक्ष तथा प्रतिनिधिहरुले वन निर्वाचित उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुलाई सम्मान तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।
कार्यक्रममा ग्रिल तथा स्टिल व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालले देशभरमा ११ हजार ग्रील तथा स्टील ब्यवसायी संगठनमा आवद्ध भएको भएपनि सरकारको प्रष्ट नितीनभएकोले ६० प्रतिशत व्यवसायीहरु कानूनी दायरामा आउन नसकेको बताए । उनले ग्रिल तथा स्टिल व्यवसायीहरु कानूनी रुपमा व्यापार व्यवसायी गर्न चाहे पनि सरकारले त्यो खालको वातावरण बनाउन नसकेको बताए । उनले अझै सम्म सरकारले बैद्यानिक रुपमा दर्ता समेत नगरेको, सहज रुपमा बैंकबाट कर्जा नपाएकाले सो कार्य महासंघको तर्फबाट पनि सरकारलाई दवाव दिई उपलव्ध गाराई दिन आग्रह गरे ।
कार्यक्रममा मनतव्य राख्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्रील तथा स्टिल व्यवसायीमा संलग्न उद्योगी तथा व्यवसायीलाई वैद्यानीक र सरकारी पूर्ण मान्यता उपलव्ध गराउने कार्यमा आफु लाग्ने बताएका छन् । उनले आफ्नै कार्यकालभित्रै सरकारको निजी क्षेत्रलाई हेर्ने देष्टिकोण परिवर्तन गराएर छोड्ने समेत बताएका छन् ।
अध्यक्ष ढकालले ८० प्रतिशत जति राजश्व र रोजागारी सिर्जना गर्न निजी क्षेत्रको सरकारलाई योगदान पुर्याएको भन्दै सरकारले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्ने बताए ।

अध्यक्ष ढकालले पछिल्लो समय निजी क्षेत्र नाफाको लागि मात्रै काम गर्ने आरोप लाग्ने गरेको बताए । अध्यक्ष ढकालले निजी क्षेत्रले सामाजिक उत्तरदायित्व पूरा गर्दैन, नाफालाई मात्रै प्राथमिकता दिन्छ भन्ने सोचलाई परिवर्तन गराउन आवश्यक रहेको बताए । उनले ८० प्रतिशत अर्थतन्त्रमा योगदान गर्ने निजी क्षेत्रको प्रोटोकल कायम गर्न आवश्यक रहेको पनि बताए ।

महासंघका उपाध्यक्ष हेमराज ढकालले महासंघको वर्तमान नेतृत्व आएसँगै महासंघ धेरै चलायमान भएको दाबी गरे । उनले अर्थतन्त्रमा देखिएका समस्या समाधानको लागि अध्यक्षको नतृत्वमा प्रधानमन्त्रीदेखि अर्थमन्त्री र पार्टीका अध्यक्षहरुलाई भेटेर महासंघका मागहरु राखेको बताए ।

भर्खरै

सम्बन्धित खबर

Language »