सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

रमला पाख्रिनकाे “म्हेन्दोरी लोई” म्हेन्दोमाया मोडलहरुका लागि चुनाैती

काठमाडौँ । गायिका रमला पाख्रिन तामाङको नयाँ म्युजिक भिडियो “म्हेन्दोरी लोई” म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

पूर्व कानून, न्याय तथा संसदीय मामिला राज्यमन्त्री दिलमान पाख्रीनको प्रमुख आतित्थ्यतामा रमला पाख्रिन तामाङको “म्हेन्दोरी लोई” म्यूजिक भिडियो सार्वजनिक भएको हो भने नेपाल तामाङ कलाकार संघको अध्यक्ष विश्व दोङ विशेष अतिथिकोरुपमा रहेको थियो ।

म्हेन्दोमाया गीत संगीत क्षेत्रमा लामो समय योगदान दिएका गायिका रमला पाख्रिन तामाङले हालसम्म ६ सय भन्दा धेरै गीतहरुमा आवाज दिइसकेका छन् । गायिका रमला पाख्रिन तामाङको यो दोस्रो सोलो म्यूजिक भिडियो हो ।

बैशाख १६ गते शनिबार सार्वजनिक भएको “म्हेन्दोरी लोई” म्यूजिक भिडियोमा रमला पाख्रिन तामाङ आफैले अभिनय गरेका छन् । उमेर ढल्केपछि मोडलिङ करियर किन शुरु गर्नु भएको ? भन्ने प्रश्नमा उहाँ भन्नु हुन्छ । “मैले धेरै गीतहरु गाइसकेको छु तर पनि मलाई दर्शकहरुले राम्रोसँग चिन्न सकेनन् त्यसैले दर्शकले चिन्न सजिलो होस् भनेर यो भिडियोमा म आफैले अभिनय गरेको हुँ ।”

म्हेन्दोमाया गीत संगीतको क्षेत्रमा धेरै नाम चलेका मोडलहरु रहेका छन् । जस्तै डोल्मा मनाङथेन, रुपा एस गले, एन्जिला वाइवा, लगाएत थुप्रै मोडलहरुछन् । ति मोडलहरुलाई थाती राखेर गायिका रमला पाख्रिन तामाङले आफैलाई मोडलकोरुपमा प्रस्तुत गरेको छ ।

शैलाप वाइवाको शब्द रचना रहेको “म्हेन्दोरी लोई” म्यूजिक भिडियोमा म्हेन्दो माया क्षेत्रको चर्चित गायक, मोडल, निर्देशक राजकिङ वाइवाको निर्देशन रहेका छन् । रमला पख्रिन तामाङ अफिसियल युटुव च्यानलबाट सार्वजनिक भएको यो म्युजिक भिडियोलाई शुभकामना दिन पुगेका नेपाल तामाङ कलाकार संघको अध्यक्ष विश्व दोङ भन्नु हुन्छ । “मैले धेरै सेलो गीतहरु गाइसकेका छन् । पछिल्लो समयमा निर्देशक रोशन फ्यूवाले म्हेन्दोमाया गीत गाउने अवसर दिनु भयो । मैले एउटा गीत भएपनि म्हेन्दोमाया गाएको छु । त्यसैले “म्हेन्दोला लोई”साँच्चिकै राम्रो म्यूजिक भिडियो निर्माण भएको छ । हामी सबैले माया गरेर साथ दिनु पर्ने छ । सफलताको शुभकामना ।”

तीन दशक उमेर कटिसकेका गायिका रमला पाख्रिन तामाङले नाम चलेका म्हेन्दोमायाको मोडलहरुसँग प्रतिस्पर्दा गर्न सकिन्छ या सकिदैन त्यो हेर्न भने बाँकी नै छन् तर क्यामरामा कम्मर हल्लाएर अनुहार देखाउने रहर पुरा गरेको छ भन्दा फरक नपर्ला ।

“म्हेन्दोरी लोई” भन्दा एक दिन अगाडी सार्वजनिक भएको “पाल्मो” म्युजिक भिडियोमा पनि गायिका पुजा तामाङ आफैले अभिनय गरको छ । के अब साँच्चिकै मोडलहरुको भविष्य सकेको नै हो त ? प्रश्न जन्माएको छ । गायक–गायिका आफैले म्यूजिक भिडियोमा अभिनय गर्ने हो भने मोडलहरु अब सबैजना बिदेशिए हुन्छ भन्दा फरक नपर्ला कि ?

भर्खरै

सम्बन्धित खबर

Language »