सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तामाङ डाजाङको २२ औँ वार्षिकउत्सवमा “सेलो राग” किताब उपहार

मौलिक संगीत भनेको कुनै पनि समाजको प्रकृती संगै भाषा, संस्कृती, संस्कार, दुःख र सुख पोख्ने एउटा माध्यम हो ।

काठमाडौँ । तामाङ गीत संगीतलाई व्यवस्थापन गरी नयाँ आयम तिर डो¥याउनका लागि तामाङ डाजाङको २२ औं वार्षिकउत्सवको उपलक्क्ष्यमा “सेलो राग” किताब प्रकाशित भएको छ ।

तामाङ डाजाङको संयोजनमा प्रकाशन भएको यो “सेलो राग” किताब धुकौली ५ सर्लाहीमा जन्मेका शुभ लाल घलान (तामाङ)ले लेखेको हो । २०३६ सालमा आमा बुद्धी माया स्याङ्तानको कोखबाट जन्मेको शुभ लाल घलान (तामाङ) २०५५ साल देखि ललितकला क्याम्पसमा संगीत विषयमा अध्ययनरत विद्यार्थी हुन् । उनको लामो समयको खोज, अनुसन्धानबाट जन्मेको पहिलो कृति हो “सेलो राग” ।

तामाङ मौलिक भाकाको स्वर र वर्णको लिपी लिखित रुपमा कसैले पनि लेखिएको पाइदैन जसको कारणले प्रचलित तामाङ मौलिक गीतहरु हराउदै गएको छ । नयाँ पुस्ताका लागि वा नव गायक गायिकाहरुलाई यो सेलो राख किताबले थप सहयोग पुग्ने छ ।

  • सेलो रागको निर्माण किन भयो ?
  • सेलो रागले तामाङ मौलिक भाकाहरुको स्वरको बाटो पत्ता लगाउन सहज गराउछ ।
  • यसले लिखित रुपमा तामाङ मौलिक गीतलाई बचाई राख्ने काम गर्दछ ।
  • यसले तामाङ समुदाय लगायत अन्य समुदायलाई तामाङ गीत संगीत सिक्न, सिकाउन प्रेरित गराउँछ ।
  • यस र्ससारमा रहेको गीत र्सगीत सामु तामाङ गीत र्सगीतलाई पनि प्रतिस्पर्धीको रुपमा लान सकिन्छ ।
  • सेलो राग मार्फत तामाङको भाषा, धर्म, सस्कार, संस्कृतिी, भेषभुषालाई विश्वको कुना कुना सामु पु¥याउन मद्धत गर्दछ ।
  • तामाङ समुदायको गीत संगीतको आफ्नोत्व भन्ने के हो भन्दा “सेलो राग” भन्दै विश्व संगीतमा परिचय राख्न सकिन्छ ।
  • यहि बाटो हुँदै तामाङ संगीत पद्घती बन्न सहयोग पु¥याउन सकिन्छ ।
  • सेलो रागले मौलिक गायक गायीका र शास्त्रीय गायक गायीका दुवैलाई एकै ठाउँमा बाधीने काम गर्छ ।
  • कुनै समुदायलाई बचाई राख्न त्यो समुदायको गीत संगीतको पनि ठुलो भुमिका रहन्छ, यसलाई सेलो रागले टेवा पु¥याउछ ।
  • विकृत संगीत हुनबाट रोक्न भुमिका निर्वाह गर्छ ।
  • सव्य र भव्य संगीत बनाउन टेवा पु¥याउछ ।

लेखकले सेलो राग जन्म हुनुको एघार वटा कारणहरु पेश गरिएको छ ।

नेपाल संङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपति निशा शर्मा पोखरेलबाट बैशाख ३० गते शनिवार राष्ट्रिय नाँचघर जमलमा सेलो राग किताबको विमोचन भएको छ । तामाङ डाजाङको कार्यलयबाट यो किताव विभिन्न स्थानमा र विभिन्न देशमा पठाउने योजना रहेको अध्यक्ष फूल कुमार बम्जनले सारा खबरलाई जानकारी दिनु भएको छ ।

सेलो राख किताब विमोचन कार्यक्रमलाई विशेष बनाउनका लागि विशेष साँस्कृति कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमको शुरुवात नाटकबाट शुरु भएको थियो । तामाङ गीत संगीतमा लागेकाहरुले केहि गर्न सकिदैन । जड्या र रौसेमात्रै हो भन्ने मिथलाई चिर्नका लागि नाटकले सन्देश दिएको छ ।

गायिक अन्जु थोकर, फूल कुमार बम्जन, कान्छा रिदम, स्वयंबर सिं लामा घलान, चन्द्र लाल तामाङ, पार्वती लामा, सरीता लामा, मिङ्मा लामा, प्रमिला तामाङ लगाएतका कलाकारहरुले लेखकले तयार पारेको सेलो रागमा आधारित गीतहरु प्रस्तुत गरेको थियो भने गायिका निर्मला घिसिङले कार्यक्रम स‌चालन गरेकाे थियाे ।

भर्खरै

सम्बन्धित खबर

Language »