सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

ग्रील तथा स्टील ब्यवसायी महासंघ,संघ,क्षेत्र तथा एरियाका सदस्यहरुले यसको इतिहास जान्न जरुरी छ : बाल मुकुन्द नकर्मी

आफुलाई ग्रील तथा स्टील ब्यवसायीहरुको हक हितमा कार्यगर्ने संस्थाको नेतृत्व हुँ भन्नेहरुले यसको इतिहास बुझेको र जानेको हुनुपर्ने ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालको नव निर्वाचित केन्द्रिय सदस्य बाल मुकुन्द नकर्मी ले बताउनु भएको छ ।


यसको इतिहासको बारेमा आफुले ग्रील स्मारीका २०६९ मै लेखेको भएपनि खासै चासोको साथमा निरन्तरता नदिइएको उनको भनाई छ ।
ग्रील व्यवसायमा प्रयोग हुने फलाम तथा वेल्डिङ मेसिनको विकास बारे ग्रील स्मारीका २०६९मा तत्कालिन ग्रील व्यवसायी संस्था, नेपाल खुसीबुँ एरिया समितीका कोषाध्यक्ष बाल मुकुन्द नकर्मीले प्रस्तुत गरेको आफ्ना बिचारहरु यस्ता थिए ।


भनिन्छ , पृथ्वीको कुल भुभागको ५ प्रतिशत क्षेत्र फलाम तत्वले नै ओगटेको छ । सल्फरस, सिल्कन, म्याग्नाइज र फोस्फरस, यी चार तत्वहरु मिली फलाम बन्दछ भनी बैज्ञानिकहरुले प्रमाणित निष्कर्ष निकालीसकेका छन् ।

इशापूर्व २००० पछि (काइस्ट जन्मनुअघि) एसीया महादेशको काउकासस भन्ने क्षेत्रमा फलामजन्य खानी सर्वप्रथम निकालिएको थियो । यसपछि नै क्रमशः फलामको विकास भएको मानिन्छ । नेपालको सन्दर्भमा वि।सं १९०५ पछि नेपालकै ठासेमा फलाम खानी निकालिएको थियो, जहाँ काम गर्न स्थानीय कामी जातिलाई र उपत्यकाबाट नकर्मी जातिलाई बडा हाकीम तथा मिस्त्रीको रुपमा खटाइएको थियो । यो ठोसे फलाम खानी करिब १ सय बर्षसम्म चलि २००७ सालमा

आएर बन्द भएको थियो । पृथ्वी नारायण शाहभन्दा अघि नेपालमा नेवारका नकर्मी जाति तथा कामी जातिले नै फलामबाट बनेका सामानहरु मर्मतको काम गर्ने गर्दथे । पछि ठोसेबाट निकालिएको फलामलाई तताएर पिटेर आफ्नो आकारमा ल्याई फलामको काम यी जातिले नै गर्न थाले ।

विसं १९९० को भुकम्पपछि मात्र नेपालमा फलामलाई तताएर र पिटेर आफ्नो आकारमा ल्याइ रिपिट तथा फलामे तारले बाँधी घरका झ्याल बरन्डामा रेलिङको बुट्टाहरु राख्ने प्रचलनमा आएको थियो, जुन यद्यपी यदाकदा पुराना घरहरुमा देख्न पाईन्छ । सन् १८८१ मा फ्रान्सका अगस्ट डि मेरिटेनसले बेल्डिङ मेसिनको आविस्कार गरेपनि सन् १८८९ मा आएर मात्र कार्वन रडको प्रयोगमार्फत बेल्डिङ मेसिनको विकास भएको थियो । सन् १९२५ मा व्यापारिक रुपमा बेल्डिङ मेसिन प्रयोगमा आईसकेपछि मात्र ग्रीलजन्य सामग्रीको पनि निर्माण भएको पाईन्छ ।

बेल्डिङ मेसिनकै सन्दर्भमा नेपालमा सर्वप्रथम राजा त्रिभुवनले आफ्नो दरवारमा काम गराउन विदेशबाट बेल्डिङ मेसिन मगाई मिस्त्री मरिचमान नकर्मीलाई काम गराएक थिए भनी अहिलेका बृद्ध मिस्त्री अमर बहादुर नकर्मी भन्नुहुन्थ्यो । उहाँकै भनाई अनुसार नेपालमा प्रजातन्त्रको आगमनपछि उपत्यकाका स्थानीय बासिन्दा स्व.गोरख बहादुर नकर्मीले भारतबाट बेल्डिङ मेसिन ल्याई यसबाट फलामजन्य कामह ग्रील गरिएको थियो र यो नै नेपालमा बेल्डिङ मेसिन प्रयोग गरी काम गरिएको सुरुवात हो भनी उहाँ भन्नुहुन्थ्यो ।
यसपछि २०२० सालमा आएर बालाजु यन्त्रशाला तथा टेक्निकल तालिम केन्द्र स्थापनापछि फलामजन्य व्यवसायमा आधुनिक मोडल विकास भएको पाईन्छ । यी त भए फलाम तथा बेल्डिङ मेशिनका खोज तथा अनुसन्धानका कुराहरु ।

यस फलामजन्य ग्रील व्यवसायमा लागे का व्यवसायीहरुको बाधा अड्चन तथा समस्याहरुको समाधान र व्यवसायीहरुको हक हित एवं एकताको खाँचो महसुस गरी केही अग्रज व्यवसायीहरु मिलेर श्री मधु बहादुर कार्कीको नेतृत्वमा २०५३ सालतिर नेपाल ग्रील व्यवसायी संस्थाको स्थपना गरिएता पनि यसले खासै प्रगती भने गर्न सकेन । तर पछिल्ला नेतृत्वकर्ताहरुका लागी बाटो पहिल्याईदिए ।

यसपछि २०६२ सालमा श्री मोहन कटुवालको नेतृत्वमा ग्रील व्यवसायी संस्था नेपालले व्यवसायी हकहितको लागी कामहरु अवश्य गर्यो । जसका लागी उहाँ तथा उहाँका सवै सहयोगी समुह नै बधाईका पात्र बनेका छन्। यद्यपी उहाँकै कार्यकालमा फलामजन्य व्यवसायीलाई दिएको राष्ट्रिय सम्मान तथा अग्रजता भनि भनिएको छ त्यसमा भने अझै खोज र अनुसन्धान गनुपर्ने देखिएको छ, किनभने २०५० सालपछि सन्चालनमा आएका व्यवसाय तथा ग्रील व्यवसायी संस्था छाता संगठनमा आवद्ध भएका व्यवसायीलाई मात्र राष्ट्रिय सम्मान दिईएको र अग्रजता भनिदिईएको पाईएको छ यसभन्दा अघि प्रकाशनमा आएका ग्रील बुलेटिन पत्रिकामा । जसलाई म खोज र अनुसन्धानको कमी भएको महसुस गर्दछु । किनकी मेरो छोटो खोजले नै राष्ट्रिय सम्मानका हकमा फलामजन्य व्यवसायी ई. अक्कलमान नकर्मीलाई दिनुपर्ने जस्तो लाग्दछ । उहाँ पानी घट्टमार्फत विजुली उत्पादनका आविस्कारक हुनुहुन्छ ।

जसलाई पहिलो चोटी विदेशी स्वीजरल्यान्ड सरकारले पदक दिएको तथा विदेशी मिडिया बिबिसी च्यानलले अन्तर्वार्ता लिएको थियो । त्यसैगरी, २०२५ पछिका व्यवसायी पाटनका याङ्जी तथा उग्रेन सेर्पाको फलामजन्य व्यवसाय स्ट्रक्टो नेपाललाई सम्मान दिनुपर्ने देखिन्छ, किनकी उहाँको व्यवसाय राष्ट्रमा मात्र होइन, अन्तराष्ट्रिय क्षेत्रमै चर्चित छ । अग्रजताको सम्बन्धमा स्व.गोरख बहादुर देखी लिएर अमर बहादुरजस्ता धेरै व्यवसायी छन् । यी त भए केही उदाहरण मात्र, खोज्दै गए यस्ता उदाहरणहरु धेरै पाउन सकिन्छ ।

बाल मुकुन्द नकर्मी ग्रील तथा स्टील ब्यवसायी संघ काठमाडौं पश्चिम क्षेत्र अन्तरगत बालाजु,खुसीबुँ,चःमती,ढल्को एरिया समितिका सल्लाहकार समेत हुनुहुन्छ ।

भर्खरै

सम्बन्धित खबर

Language »