सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्जमा यादव समाज सेवा केन्द्र बाँकेको अध्यक्षमा सूर्यलाल यादव निर्वाचित


नेपालगन्ज , यादव समाज सेवा केन्द्रको अध्यक्षमा सूर्यलाल यादव निर्वाचित भएका छन् । सेवा केन्द्रको नेपालगन्जमा सम्पन्न तेस्रो महाधिवेशनबाट सूर्यलालको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति निर्वाचित गरिएको छ ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा हेमराज यादव, महिला उपाध्यक्षमा बिमला कुमारी यादव, कोषाध्यक्षमा रमेश कुमार यादव, सचिवमा रमेश यादव र महासचिवमा देवराज यादव निर्वाचित भएका छन् ।

यस्तै सदस्यमा श्यामा यादव, लवकुश यादव, मनोज यादव, देवानन्द यादव, देवफल यादव, रामसमुझ यादव, बीरेन्द्र कुमार यादव, गोबिन्द यादव र सिलम यादव निर्वाचित भएको बताइएको छ । सो क्रममा विभिन्न व्यक्तिलाई सम्मान गरियो ।

सम्मानित हुनेमा लुम्बिनी प्रदेशको कृषि तथा भुमि ब्यवस्था मन्त्री भण्डारीलाल यादव, पुर्वमन्त्री बिजय यादव, जानकी गाउँपालिका उपाध्यक्ष रामप्यारी यादव, जानकी वडा नम्बर ५ का वडाअध्यक्ष टिकानाथ यादव, खजुरा गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष रामगोपाल यादव तथा संस्थापक कार्यसमिति रहेका छन् ।

विभिन्न वडामा निर्वाचित यादव समुदायबाट प्रतिनिधित्व गर्ने वडा सदस्य तथा सेवा केन्द्रका सल्लाहकार स्वर्गीय दिनेशचन्द यादव, महेन्द्र पुस्तकालय नेपालगन्जका अध्यक्ष बलराम यादव, राष्ट्रिय परीक्षा बोर्ड कोहलपुरका प्रमुख राम सुरेश यादव र तत्कालिन शम्शेरगन्ज गाबिस अध्यक्ष रामलौटन यादवलाई सम्मान गरियो । पुर्व राज्यमन्त्री समेत रहेका स्वर्गीय दिनेशचन्द्रलाई मरणोपरान्त सम्मान गरियो ।

भर्खरै

सम्बन्धित खबर

Language »