सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विद्यालयमा जस्तापाता बिस्थापन गर्ने अभियानमा वडा अध्यक्ष दिपक वर्मा

नेपालगञ्ज, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ ले शिक्षा क्षेत्रमा प्राथमिकता दिने भनि गरेको प्रतिवद्धता कार्यान्वयनमा ल्याएको छ ।

वडा अध्यक्ष दिपक वर्माले भौतिक पूर्वाधार निर्माणसँगै शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिने प्रतिवद्धता जनाउनुभएको थियो । जस अनुसार शैक्षिक सुधारका लागि भौतिक निर्माणमा जोड दिइएको छ । यसैक्रममा माध्यमिक विद्यालय लग्दहवामा विद्यार्थीहरुका लागि दुई तल्ला पक्की भवनको वडा अध्यक्ष दीपक बर्माद्वारा पुजापाठ गरि पहिलो तल्ला ढलानको शुरूवात गर्नु भयो । उक्त भवनको लागत करिब ३५ लाख रहेकोे छ ।

नेपालगन्जको प्रचण्ड गर्मी तथा बर्षा याममा टीनको छाना चुईने समस्या छ । हाल सम्म टीनको छाना मुनि बस्न बाध्यात्मक परिस्थिति रहेको हुँदा विद्यार्थीहरुका लागि कक्षाको निर्माण अति आवश्यक रहेकोेले कक्षा कोठा निर्माण गर्न लागेको अध्यक्ष बर्माले बताउनु भयो । यसै आर्थिक बर्ष ७९(८० मा उक्त विद्यालयको आयको लागि ६ कोठो पक्की सटर समेत निर्माण सम्पन्न गरि भाडामा लगाइएको छ । साथै चालु आर्थिक बर्ष ७९(८० मा नै वडा नं १८ मा रहेको पाटेश्वरी आधारभुत विद्यालय भुजइगाँवमा एक तल्ला पक्की भवनको निर्माण गरि फिनिसिङ्ग कार्य जारी रहेको छ ।

गत कार्यकालमा पुर्वाधार क्षेत्रमा फडको मारेको वडा नं १८ मा बर्मा नेतृत्वको टीमले पुनः निर्वाचित कार्यकालमा शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको जनाएको छ । साथै वडा नं १८ मा अहिले पुर्वाधारमा सडक, स्वास्थ्य कृषि, सोलार, मठमन्दिर मदरसा लागयतमा कार्य जारी रहेको वडा सदस्य दिग्विजय ढुंगानाले बताउनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »