सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

संस्कार समाज नेपालको अभियान सरकारद्धारा सम्बोधन

काठमाडौँ । संस्कार समाज नेपालले लामो समयदेखि उठाउँदै आएको सार्वजनिक सवारी साधनमा सचेतनामुलक अडियो र डस्बिन अनिवार्य गराउने अभियानलाई सरकारले सम्बोधन गरेको छ ।

यातायात व्यवस्था विभागले जेठ २१ गते एक सूचना प्रकाशित गरी सार्वजनिक सवारी साधन सफा राख्नुपर्ने र सार्वजनिक छुट्नुअघि र गन्तव्यमा पुग्नुअघि अनिवार्य रुपमा अडियो बजाउनुपर्ने नियम लागू गरेको हो ।

संस्कार समाज नेपालले उक्त अभियान स्थापनाकालदेखि निरन्तर रुपमा उठाउँदै आएको थियो । संस्कार समाज नेपालकी अध्यक्ष पशुपति गुरुङले संस्कार समाज नेपालले सारेका तीनवटा देशव्यापी महाअभियानमध्ये सरकारले एक अभियानलाई सम्बोधन गरेको जानकारी दिनुभयो ।

“संस्कार समाज नेपालले विस २०७६ सालमा सार्वजनिक सवारी साधनलाई व्यवस्थित रुपमा सञ्चालन गर्ने, यात्रुलाई सचेत गराई वातावरण सफा राख्नका लागि एक हजार ५०० सचेतना अडियो पेनड्राइभ र सोही संख्यामा डस्बिन वितरण गरेका थियौँ, आज सरकारले अनिवार्य रुपमा डस्बिन र सचेतना अडियो बजाउनुपर्ने व्यवस्था गरेको छ, हामी यो अभियानलाई अगाडि बढाउन थप हौसला मिलेको छ,”– अध्यक्ष गुरुङले भन्नुभयो ।

असल संस्कार सिकौँ सिकाऔँ, आफ्नो देश आँफै बनाऔँ भन्ने मूल नाराका साथ स्थापना भएको संस्कार समाज नेपालले सार्वजनिक सवारी साधन व्यवस्थित गर्नेबाहेक स्कूल स्कूलमा असल संस्कारको अभियानलाई समेत अगाडि बढाउँदै आएको छ ।

यस्तै, हरेक महिना १ गते विहान ८ बजे १ घण्टा १०० मीटर देशव्यापी जनचेतनामुलक सरसफाई महाअभियान समेत सञ्चालन गरेको छ । यसको असरसमेत समाजमा देखिँदै आएको छ ।

असल संस्कार समृद्धिको आधार भन्ने नारालाई समेत अगाडि बढाएको संस्कार समाज नेपालले हाल देशभर असल संस्कार र देश विकासका लागि महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »