सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

ग्रील तथा स्टील ब्यवसायी संघ काठमाडौं,पश्चिमक्षेत्र अन्तरगत बालाजु ,खुसीबुँ ,चःमती, ढल्को एरिया समितिको इतिहास ,वर्तमान अवस्था र भावि कार्ययोजना : राजकुमार खड्का


मेरो परिचय
नुवाकोट जिल्ला लिखु गाउँपालिका वडा नं ६ बस्ने मेघ बहादुर खड्काको नाति डम्बर बहादुर खड्का र पार्वर्ती खड्का को कान्छो छोराको रुपमा २०३९ — ०१ — ०१ मा जन्मिएको म राजकुमार खड्का ।
हजारौं सपना बोकेर काठमाडौं शहरमा आएपछिको पहिलो जागिर २०५८/५/३ माकाठमाडौं जिल्ला वडा नं १७ कालधारा,खुसीबुँमा आदरणिय दाई युद्ध बहादुर भट्टले सन्चालन गर्नुभएको सन्ध्या ईन्जिनियरिङ मेटल वर्कशप हो ।
त्यहि कारखानामा मैले करिब ८—९ वर्ष हेल्पर र मिस्त्रीको रुपमा कामगर्दै रहने क्रममाआदरणिय दाई युद्ध बहादुर भट्ट बैदेशिक रोजगारमा जानुभयो । दाई मलेशिया जाने बेलामा त्यो कारखाना बिश्वासको भरमा एक रुपैयाँपनि नलिइ मलाई लौ गरिखाउ भनेर छोडेर जानुभयो । मैले पनि सन्ध्या ईन्जिनियरिङ मेटल वर्कशपकै नाममा ३—४ बर्ष त्यहि कारखाना सन्चालन गरेर बसें ।
दाई बैदेशिक रोजगारबाट फर्के पछि उहाँले त्यो कारखानाको सबै भौतिक संरचनाहरु मलाईनै जिम्मालगाएर आफ्नो नाममा रहेको सन्ध्या ईन्जिनियरिङ मेटल वर्कशपको प्रमाणपत्रमात्र लिएर जानुभयो त्यस पछि मैले आफ्नै स्वामित्वमा रहने गरि जाल्पा देवी ईन्जिनियरिङ एण्ड निर्माण सेवा प्रा.लि.लाई ग्रील तथा स्टील ब्यवसायी संघ काठमाडौं ,पश्चिमक्षेत्र अन्तरगत बालाजु ,खुसीबुँ ,चमती, ढल्को इकाई समितिमा दर्ता गराएँ । यसरी म बिधिवतरुपमा यो संगठनमा जोडीएको हुँ ।
अहिलेपनि मेरो कारखाना काठमाडौं जिल्ला वडा नं १६ खुसीबुँ लिंकरोड कालधारामा जाल्पा देवी ईन्जिनियरिङ एण्ड निर्माण सेवा प्रा.लि.को नामबाट सन्चालन भइरहेको छ । आजको मिति सम्म यहि ब्यवसायबाट आफ्नो घरपरिवार देखि सबै ब्यवस्थापनमा भनौं रोजिरोटी चलिरहेको छ ।
ग्रील तथा स्टील ब्यवसायी संघ काठमाडौं ,पश्चिमक्षेत्र अन्तरगत बालाजु ,खुसीबुँ ,चमती, ढल्को इकाई समितिको इतिहास
कार्यालयमा भेटिएको प्रमाण अनुसार २०६० साल श्रावण १७ गते ग्रील ब्यवसायी संस्थाको नामबाट गठन भएको यो संगठन आज महासंघ बनेर चलिरहेको छ ।
कुन कुन समयमा को को भए अध्यक्ष यस्तो छ बिवरण
१) २०६०/०४/१७ का दिन ग्रील ब्यवसायी संस्था नेपाल अन्तरगत बालाजु ,खुसीबुँ सोह्रखुट्टे एरियाका संयोजक पासाङ लामाको सभापतित्वमा केन्द्रिय अध्यक्ष श्री मधु बहादुर कार्की ज्यूको अध्यक्षतामा ११ सदस्यिय कार्यसमिति चयन ।
२) २०६०/०८/२० का दिन भएको बनभोज कार्यक्रम तथा भेलाले श्री राम शरण रिमाल ज्यूको अध्यक्षतामा ९ सदस्यिय कार्यसमिति चयन ।
३) २०६२/८/४का दिन बसेको भेलाले श्रीठुलोबाबु श्रेष्ठज्यूलाई कार्यबाहक अध्यक्षमा चयन ।
४) २०६२/१०/१४का दिन बसेको भेलातथा बैठकले निणयगर्दै श्री प्रेम दास ज्यूलाई खुसीबुँ एरियाको अध्यक्षमा मनोनित गरी १५ सदस्यिय कार्यसमिति चयन ।
५) २०६३/१२/०३ गते बसेको पुर्ण बैठकले अध्यक्ष श्री प्रेम दास ज्यू को कार्य व्यस्तता को कारण समिति सन्चालनमा गतिशिलता नआएको भन्दै उपाध्यक्ष श्री जिवन भट्टराई ज्यू लाई कार्यबहाक अध्यक्ष चयन ।
६) २०६५/०४/१८ गते शनिवारका दिन ग्रील ब्यवसायी संस्था नेपाल अन्तरगत बालाजु ,खुसीबुँ सोह्रखुट्टे एरियाका कार्यबहाक अध्यक्ष श्री जिवन भट्टराई ज्यूको अध्यक्षतामा तथा ग्रील ब्यवसायी संघ का केन्द्रिय अध्यक्ष श्री मोहन कटुवाल ज्यूको प्रमुख आतिथ्यतामा कार्यक्रम गर्दै श्री राम प्रमोद ठाकुर ज्युको अध्यक्षतामा ९ सदस्यिय कार्यसमिति चयन ।
७) २०६५/०४/१८ गते बालाजु क्षेत्रिय कार्यालयले थानकोट त्रिभुवनपार्कमा आयोजना गरेको बनभोज कार्यक्रम तथा यस एरियाको तेस्रो बार्षिक भेलाले पुन श्री राम प्रमोद ठाकुर ज्युको अध्यक्षतामा ९ सदस्यिय कार्यसमिति चयन ।
८) २०७१/०९/१२गते ग्रील तथा स्टलि ब्यवसायी महासंघका अध्यक्ष श्री मोहन कटुवाल ज्युको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमले श्री बाल मुकुन्द नकर्मी ज्युको अध्यक्षतामा ११ सदस्यिय कार्यसमिति चयन ।
९) २०७५/०५/१२ यस ग्रील तथा स्टील ब्यवसायी संघ काठमाडौं ,पश्चिमक्षेत्र अन्तरगत बालाजु ,खुसीबुँ ,चमती, ढल्को इकाई समितिको साधारणसभा तथा अधिवेशन, बालाजु स्थित गुराँस क्याफेमा तत्कालिन अध्यक्ष श्री बाल मुकुन्द नकर्मी ज्यूको सभापतित्व र महासंघका अध्यक्ष श्री मोहन कटुवाल ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भईश्री तोक बहादुर गधराज ( तोकेन्द्र ) को अध्यक्षतामा ९ सदस्यिय कार्यसमिति चयन ।
१०) २०७९/११/२१गते स्वयंभुस्थित स्टार बेङुक्युटमा ग्रील तथा स्टील ब्यवसायी संघ काठमाडौं ,पश्चिमक्षेत्र तथा अन्तरगत बालाजु ,खुसीबुँ ,चमती, ढल्को इकाई, गोंगबु सामाखुसी इकाई, ठुलो भर्याङ सानो भर्याङ इकाई ,सितापाईला इकाईको संयुक्त नवौं साधारणशभा तथा तेस्रो अधिवेशनमा ग्रील तथा स्टील ब्यवसायी संघ काठमाडौं ,पश्चिमक्षेत्रका अध्यक्ष श्री श्ैलेस ठकुरी ज्यू को शभापतित्व ,ग्रील तथा स्टील ब्यवसायी महासघका अध्यक्ष श्री मोहन कटुवाल ज्युको प्रमुख आतिथ्य , महासंघका अन्य पदाधिकारीहरुको बिषेश आतिथ्य ,ग्रील तथा स्टील ब्यवसायी संघ काठमाडौं का अध्यक्ष श्री यज्ञदास श्रेष्ठ ज्यूको बिषेश आतिथ्य,ग्रील तथा स्टील ब्यवसायी संघ काठमाडौंका पदाधिकारीहरुको आतिथ्यता ,ग्रील तथा स्टील ब्यवसायी संघ काठमाडौं ,पश्चिमक्षेत्र तथा अन्तरगत बालाजु ,खुसीबुँ ,चमती, ढल्को इकाईका अध्यक्ष श्री तोक बहादुर गधराज(तोकेन्द्र) ज्यूको स्वागत मन्तब्य रहेको थियो भने सो अधिवेशनबाट निम्नानुसार कार्य समिति चयन भएको छ ।
अध्यक्ष — श्री राजकुमार खड्का
उपाध्यक्ष – श्री बाबुराजा महर्जन
सचिव — श्री भरत कुमार गहतराज
कोषध्यक्ष— श्री रामहरी सेन्चुरी
सह सचिव — श्री पदम बहादुर
सह कोषध्यक्ष — श्री राजु नकर्मी
सदस्य – श्री रमेश महर्जन
सदस्य – श्री युद्ध बहादुर भट्ट
सदस्य – श्री टार्जन चौधरी
सदस्य —श्री दो बहादुर खत्री
सदस्य– श्री राम स्वरुप चौधरी
यसरी म यो संगठनको १० औं अध्यक्ष को रुपमा कार्यरत रहेको छु ।

२०७५ साल यताग्रील तथा स्टील ब्यवसायी संघ काठमाडौं ,पश्चिमक्षेत्र तथा अन्तरगत बालाजु ,खुसीबुँ ,चमती, ढल्को इकाईले गरेका केहि महत्वपुर्ण कार्यहरु
२०७५/०४/१८ गतेको बैठकको निर्णय बमोजिम क्षेत्रगत हिसाबमा चक्रपथ सरसफाई अभियानमा सहभागि हुने र आवश्यक सामाग्रीहरु सहयोग गर्ने कार्यको शुरुवात गरियो ।
२०७५/०५/०१ मा आधिकारीकरुपमा कारखाना दर्ता नगरी सिधै ग्राहकको घरमा पुगेर बार्गेनिङ गरेर काम लिने तथा उपभोक्तालाई दुख दिने नियत बोकेका केहि मिस्त्रीहरुलाई कार्बाहि गरियो ।
२०७५/०५/१६ मा पुर्ण बैठकबसीजग्गा भाडामा लिएर इकाईको आफ्नै स्वामित्वको भवन बनाउने निर्णय गरियो ।
२०७५/०५/२७ मा आधिकारीकरुपमा कारखाना दर्ता नगरी सिधै ग्राहकको घरमा पुगेर बार्गेनिङ गरेर काम लिने तथा उपभोक्तालाई दुख दिने नियत बोकेका केहि मिस्त्रीहरुलाई कार्बाहि गरियो ।
२०७५/०६/०६ मा बसेको बैठकको निर्णय बमोजिम २०७५÷०६÷१३ मा चियापान कार्यक्रम सम्पन्न गरियो ।
२०७५/१२/०८ मा बैठक बसी ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालको महाधिवेशनमा भाग लिन,े बागमती सफाई अभियानमा सहभागिता जनाउने तथा सामग्री हस्तान्तरण गर्ने,कोभिडको समयमा निशुल्क भोजनको ब्यबस्था गर्ने कार्यक्रममा सहयोग गर्ने कार्य गरियो ।
२०७६/११/०७ मा ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका केन्द्रिय अध्यक्ष श्री मोहन कुवाल ज्यूको प्रमुख आतिथ्यता तथा यस इकाईका अध्यक्ष श्री तोक बहादुर गधराज(तोकेन्द्र)को सभापतित्वमा इकाईको आफ्नै स्वामित्वको भवन समुद्याटन गरियो ।
२०७६/०१/१५का दिन १९ औं ब्यबवसायजन्य शुरक्षा तथा स्वास्थ्य सप्ताहमा संस्थागत सहभागिता जनाईयो ।
यस्तै महासंघ ,जिल्ला तथा क्षेत्र र अन्य इकाईहरुले आयोजना गरेका हरेक कार्यक्रमहरुमा संस्थागत सहभागिता जनाउने , प्रतेक बर्षको असार १५ मा यस इकाई भित्र रहेका व्यवसायीहरुलाई समेत सहभागि गराएर दहि चिउरा खुवाउने कार्यक्रम आयोजना गर्ने , ब्यवसायीहरुलाई परेको हरेक पिरमर्कामा फिल्डमै पुगेर सहयोग गर्ने , बिभिन्न चाड पर्वहरुको उपलक्ष्यमा तथा नयाँबर्षको शुभकामना आदानप्रदान कार्यक्रम प्रतेक बर्ष आयोजना गर्ने गरिएको छ ।
ग्रील तथा स्टील ब्यवसायी संघ काठमाडौं ,पश्चिमक्षेत्र तथा अन्तरगत बालाजु ,खुसीबुँ ,चमती, ढल्को इकाइको भावि कार्ययोजनाहरु
बिगतमा भए गरीएका कमि कमजोरीहरुलाई सच्याउँदै आगामीदिनमा संस्थालाई कसरी ब्यवस्थित बनाएर अगाडी बढाउन सकिन्छ भन्ने कुरामा बिशेष ध्यान दिदैं भावि कार्ययोजना बनाउनु उपर्युक्त हुन्छ । यसैलाई आधार मानेरग्रील तथा स्टील ब्यवसायी संघ काठमाडौं ,पश्चिमक्षेत्र तथा अन्तरगत बालाजु ,खुसीबुँ ,चमती, ढल्को इकाइको भावि कार्ययोजनाहरु बनाएका छौं ।

१) दक्ष जनशक्तिको उत्पादन र कर्मचारीको स्थायीत्व
ग्रील तथा स्टील ब्यवसायमा यतिबेला दक्ष जनशक्तिको अभाव रहेको हामि सबैलाईथाहा भएकै कुरा हो, यसलाई परिपुर्ति गर्न ब्यवसायी तथा हाम्रो संगठनको समन्वयमा दक्ष जनशक्ति उत्पादन गर्ने तालिमहरु सन्चालन गर्ने । श्रम ऐन र कम्पनि नियम बमोजिम सेवा सुबिधा र कामको मापदण्ड बनाएर कर्मचारीको स्थायीत्वकोलागि केहि नियमनै बनाएर लाग्नुपर्ने देखिन्छ यो कामकोलागि हामि पहल गर्ने छौं ।
२) ब्यवसायजन्य स्वास्थ्य लाई ध्यान दिने
ग्रील तथा स्टील ब्यवसायमा ब्यवसायजन्य स्वास्थ्यको अवस्था अत्यन्तै नाजुक रहेको छ तसर्थ आम ब्यवसायीहरुको हितमा बार्षिक २ देखि ३ पटक सम्म स्वास्थ्य परिक्षण र फलामजन्य बस्तुको कामगर्ने क्रममा चोट पटक लाग्न सक्ने भएकोले बेला बेलामा कार्यस्थलमै पुगेर टि टि खोप लगाउने कार्यक्रम तय गरि लागु गर्ने छौं ।
३) उपभोक्ता , ब्यवसायी र हार्डवेयर ब्यापारीबिचमा सामाजस्यता कायम
उपभोक्ता , ब्यवसायी र हार्डवेयर ब्यापारीबिचमा सामाजस्यता कायम गर्न सामाग्रीको मुल्यमा एकरुपता कायम गराउन पहल गर्दै मात्रामा भन्दा गुणमा प्रतिस्पर्धा गराउने उदेश्यका साथ समय समयमा तौल र सामग्रीको गुण परिक्षण गर्ने संयन्त्र तयार गरि नियमित शुक्ष्म अनुगमन गर्ने प्रवन्ध मिलाउने छौं ।
४) बिमा ,अक्षयकोष÷भलाईकोष तथा कोष सन्चालन बारे
ग्रील तथा स्टील ब्यवसाय अति जोखिमयुक्त ब्यवसाय हो । यस्तो जोखिमपुर्ण ब्यवसायको जोखिम न्युनिकरण गर्न ब्यवसाय तथा कर्मचारीहरुको बिमा गर्नु अति उपयुक्त हुन्छ । यसको लागि तथा ब्यबसायको वृद्धिको लागि अक्षयकोष÷भलाईकोष तथा कोष सन्चालन गरेर ब्यबसायी बिचमा भाईचाराको सम्बन्ध बिकास गर्ने र शुरक्षित ब्यवसाय गर्न हामि योजना बनाएर लाग्ने छौं ।
५) ब्यवसायीक हितमा अभियान
यतिबेला हाम्रा साना ब्यवसायीहरु काम नभएर पलायन भएको कुरा हाम्रो संगठनमा भएको दर्तार नविकरणको अवस्थाले प्रष्ट देखाएको छ । यो अवस्थालाई सुधार गर्न हामिले निमार्ण ब्यवसायीहरुको संगठन संग बसेर केहि वार्ता तथा छलफल चलाउनुपर्ने अवस्था छ । ठेकदारले घर पुरै ठेक्का लिने र चाबि बुझाउने प्रचलन बढ्दै गएपछि हाम्रा ब्यवसायीहरुको काम हराउँदै गएको छ । फलाम जन्य थुप्रैकामहरु भईरहेका छन् तर ति हाम्रो संस्थामा आवद्ध भएका ब्यबसायीहरुले पाएका छैनन् । यसको लागि हामि बिशेष अभियानको शुरुवात गर्ने छौं ।
ग्रील तथा स्टील ब्यवसायी संघ काठमाडौं ,ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपाल र पश्चिम क्षेत्रिय समितिले आवश्यकता अनुसार सहयोग ,सहकार्य र समन्वयकारी भुमिका निर्वाह गर्नेहो भने मात्र हाम्रा योजनाहरु सजिलै पुरा हुन सक्छन् अन्यथा हाम्रो इकाईको मात्र बल बुत्ताले यो सम्भव छैन ।
धन्यवाद !!
ग्रील तथा स्टील ब्यवसायी संघ काठमाडौं ,पश्चिमक्षेत्रअन्तरगत बालाजु ,खुसीबुँ ,चमती, ढल्को इकाई परिवार

भर्खरै

सम्बन्धित खबर

Language »