सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

युथ लिगल सोसाइटीको सचेतना मुलक कार्यक्रम पाटनमा सम्पन्न

काठमाडौं । विभिन्न मानिसहरुको हृदय मिलेर हाम्रो समाज बनेको छ तर यहि समाजमा कति धेरै मानिसको सुन्दरता र पहिचान अझै पनि प्रष्टसित यस समाजले चिन्न सकिरहेको छैन । यसै विषयलाई समेट्दै युथ लिगल सोसाइटीले पनि सनिवारको दिन पाटन दरबारमा मानिसहरुको अगाडि यस विषयको बारेमा सचेतना कार्यक्रमको आयोजना गरेको थियो । युवाहरुको शक्ति, मिहिनेत र आवाजले यस संस्थाको स्थापना भएको भनेर यस संस्थाको अध्यक्ष सृजन नेपालले बताएका छन् ।


यस समाजमा महिला र पुरुष भनेर मात्रै समाजले चिन्दै आएको छ तर मनिसको हृदय अनुसार मानिसको लिङ्ग छुटिएको हुन्छ भनेर यस संस्थाले यस कार्यक्रमको आयोजना गरेको हो । पाटनमा गएर संस्थाका सदस्यहरु ले आफ्नो कविता , शब्द , विचारद्वारा मानिसलाई उहीँले सचेत गराउने प्रयास गरेका छन् ।


संस्थाको अध्यक्ष सृजन नेपालका अनुसार Pride Month को अवसर बनाएर यस संस्थाले यो कार्यक्रमको आयोजना गरेको थियो । उनिहरुका अनुसार उनिहरुले मात्रै हैन अब समाजका हरेक हृदयले यस कुरालाई प्रष्टसित बुझ्न र सचेत हुन आवश्यक पर्दछ । हरेक मनिसको चाहना र खुशी नै यस समाजको उपलब्धि हो त्यसैले हामीले कसैलाई भेदभाव गर्नु हुँदैन । उसको सुन्दरता र पहिचान भनेको उसको खुशी हो , योकुरा आजै बाट हाम्रो घर दैलोबाट शुभारम्भ गर्न आवश्यक पर्दछ , पुरुषको र महिलाको मात्रै पहिचान हुँदैन , हरेक मानिसको हृदयको चाहना नै उसको लिङ्ग हो ।त्यसैले सबै मनिसको खुशीको सम्मान गरौँ , उसको सुन्दरतालाई रङ्ग भर्दै उसको पहिचानलाई एउटा प्रकाश दिने काम गरौँ ।

भर्खरै

सम्बन्धित खबर

Language »