सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पर्यटन क्षेत्रमा कार्यरत महिलालाई नेतृत्व विकास सम्बन्धि तालिम

काठमाडौँ । पर्यटन क्षेत्रमा कार्यरत महिलालाई नेतृत्व विकास सम्बन्धी तालिम प्रदान गरिएको छ ।

टुरिजम सिस्टरहुड एशोसियशन नेपालको आयोजनामा काठमाडौँको लाजिम्पाटस्थित होटल लि हिमालयमा आज आयोजित कार्यक्रममा पर्यटन क्षेत्रमा कार्यरत महिलाको क्षमता र नेतृत्वविकास सम्बन्धी तालिम प्रदान गरिएको हो ।

कार्यक्रममा प्रशिक्षक सरला कार्कीले पर्यटन क्षेत्रमा कार्यरत महिलालाई नेतृत्व विकाससम्बन्धी प्रशिक्षण दिनुभएको थियो । उक्त तालिममा पर्यटन क्षेत्रमा कार्यरत ७० जना महिला तथा पुरुषको सहभागीता रहेको थियो ।

टुरिजम सिस्टरहुड एशोसियशन नेपालकी अध्यक्ष अनुपा बुढाथोकीले पर्यटन क्षेत्रमा कार्यरत महिलालाई सशक्त र नेतृत्व विकास गर्नका लागि उक्त कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो ।

कार्यक्रमका अतिथि वक्ता सुनिल शर्माले महिलाहरु अगाडि बढ्नका लागि शशक्तिकरण आवश्यक रहेको बताउनुभयो ।

रोजिना रञ्जितले संयोजन सञ्चालन भएको उक्त तालिममा एशोसिशयनकी उपाध्यक्ष जुनु मलेखु, महासचिव युविका भण्डारीलगायतको सहभागीता रहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »