सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपाल पत्रकार महासंघ धादिङको नवीकरणको सिफारिसमा ७ जना अयोग्य ठहर, शिक्षक, कर्मचारी र दलका नेतृत्वको सिफारिस

वावुराम श्रेष्ठ असार १ गते,

धादिङ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङले कार्यसमितिका कोषाध्यक्ष, र सहसचिव सहित सात जना सदस्यको सदस्यता नवीकरणको सिफारिसमा अयोग्य ठहर गरेका छन् ।

वर्तमान कोषाध्यक्ष सुमन अधिकारी र सहसचिव उपेन्द्र जम्कट्टेल, कार्यसमिति सदस्य रामचन्द्र रुपाखेती, विक्रम अधिकारी, उद्धव चेपाङ, नीरमाया गुरुङको सदस्यता नविकरणको सिफारिसमा अयोग्य ठहर गरेको हो ।

सात जना कार्यसमितिका सदस्यहरु शिक्षक, कर्मचारी भएकै कारणले सदस्यता नवीकरणको लागि सिफारिस नगरेको महासंघ धादिङका एक सदस्यले जानकारी दिएको छ ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङको २०७७ चैत २५ गते भएको जिल्ला अधिवेशनबाट कोषाध्यक्षमा निर्वाचित शिव प्रसाद देवकोटा अध्ययनको शिलशिलामा जापान गएपछि उक्त पद रिक्त रहेको थियो ।

देवकोटा विदेश गएपछि कोषाध्यक्षमा नियुक्त भएका सुमन अधिकारी महासँघको सदस्यता नविकरणको सूचिमा अटेका छैनन् ।

पत्रकारिता पेशालाई शुद्ध पत्रकारिता बनाउन केन्द्रिले नयाँ मापदण्ड नै जारी गरेको छ । केन्द्रिय मापदण्डभित्र कार्यसमितिकै पदाधिकारी र सदस्यहरु नपरेकाले उनीहरुको सदस्यता नवीकरणका लागि प्रदेश समितिमा सिफारिस पठाउन नसकिएको जिल्ला शाखा धादिङका अध्यक्ष राजाराम शर्माले बताउनुभयो ।

तर महासंघ धादिङले सदस्यता नवीकरणमा सबैलाई सम्मान नगरेको भन्दै विवाद उत्पन्न भएको छ । शिक्षक, कर्मचारी र राजनीतिक दलको नेतृत्व तहमा पदाधिकारीलाई कोहीको सदस्यता नवीकरण नगर्ने र कोही गर्ने भन्ने विषयले धादिङमा विवाद उत्पन्न भएको हो ।

महासंघले सिफारिस गरेको लिष्टमा नै शिक्षक, कर्मचारी र राजनीतिक दलको नेतृत्व समेत समेटिएका छन् । जस अनुसार महासंघ धादिङले सिफारिस गरेका नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी सदस्य एवं नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा धादिङका अध्यक्ष नवराज छत्कुली, नीलकण्ठ बहुमुखी क्याम्पसका कर्मचारी मनिष दुवाडी, नीलकण्ठ बहुमुखी क्याम्पसका प्राध्यापक मुराली अधिकारी, प्रमोद भट्ट (हाल दुबईमा) र एनएलजीका इन्स्योरेन्स कर्मचारी रेख बहादुर गुरुङ रहेका छन् ।

यी व्यक्तिहरुको सदस्यता सिफारिस गर्न नहुने एक पक्षको भनाई छ । किन की यी सबै शिक्षक, कर्मचारी र राजनीतिक दलमा छन् । सोही प्रवृतिका अरुको सिफारिस नहुने तर उनीहरुको चाँहि किन सिफारिस भयो भन्ने विषयले अहिले महासंघ धादिङमा चर्को विवाद उत्पन्न भएको छ ।

जिल्ला शाखा धादिङमा कुल सदस्य संख्या १ सय ५१ जना साधारण सदस्य मध्ये ४९ जनाको मात्रै सदस्यता नवीकरणका लागि सिफारिस भएको छ । जनप्रतिनिधि, निजामति कर्मचारीहरु, (स्थायी, अस्थायी, करार), राजनीतिक दलको नेतृत्व तहमा रहेका, बैंक तथा वित्तीय संस्था र पत्रकारिता भन्दा अन्य क्षेत्रलाई पूर्णकालिन समय दिइरहेका, अध्ययन तथा रोजगारीको शिलशिलामा विदेश पुगेका र लामो समयदेखि पत्रकारिता क्षेत्रमा निष्कृय रहेका एक सय एक जनाको भने सदस्यता नवीकरण नहुने भएको छ ।

एक सय ५१ जनाबाट ४९ जनाको मात्रै नाम प्रदेश समितिमा नविकरणको लागि सिफारिस भएपनि निष्पक्ष नभएको भन्दै केहीले असन्तुष्टि व्यक्त गरेका छन् । राजनीतिक दलको भागबण्डा भएको पनि आरोप लागेको छ ।

महासंघ धादिङले केन्द्रको मापदण्डलाई आधार मान्ने हो भने यी ४ जनाको सदस्यता र सदस्य नवीकरण शुद्धीकरण प्रक्र्रिया समेत खारेज हुने पर्नेछ । धादिङ महासंघले यस विषयमा कसैलाई काँख च्यापेको छ भने कसैलाई लात लानेको छ । बहुमत र पावरको दम्भका आधारमा एउटै प्रवृतिका जो शिक्षक, कर्मचारी राजनीतिक दलका सदस्य भएकाहरुको खारेज गरेका छन् भने त्यही प्रवृतिका व्यक्तिहरुलाई महासंघले सदस्यता शुद्धीकरणको लागि सिफारिस गरेको छ ।

महासंघको यस्तो निर्णयले अहिले जिल्लामा दुई विभाजनमा उत्रिएका छन् पत्रकारहरु । पक्ष र विपक्षमा । विपक्षले भनेका छन् पत्रकारहरुलाई महासंघले किन पक्षपात ग¥यो ? यी चार जनाको नाम किन खारेजी गरेन् भनेका छन् । यदि नगर्ने हो भने १५० जनाकै नाम सिफारिस किन गर्न सकेन भनी प्रश्नमाथि प्रश्न चिन्ह खडा गरेका छन् ।

यस विषयमा पत्रकार महासंघका एक जिम्मेवार व्यक्ति भन्छन् यी चर जनाको विषयमा मैले महासंघको बैठकमा कुरा उठाएको हो, कुरा चलेको पनि हो तर त्यहाँ बहुमतको कदर भयो । मैले हुन्न भन्दा केही लागेन् सबैले बहुमत र हेपेर गयो मैले के गर्नु । देखि देखि पनि बहुमत भएकै कारण यिनीहरुको सदस्यता खारेजी गर्न सकेन ।

नवीकरणको लागि सिफारिसमा नपरेका सदस्यहरुको नामावली – तुलसीप्रसाद अधिकारी, शिक्षक – भवानी तिमल्सेना, शिक्षक – नारायण भण्डारी, शिक्षक – रामचन्द्र रुपाखेती, शिक्षक – भरतप्रसाद रेग्मी, शिक्षक – किशोर अधिकारी, शिक्षक – नवराज गिरी, शिक्षक – मनोज कार्की, शिक्षक – सुमन अधिकारी, शिक्षक – कृष्णबहादुर राना, शिक्षक – अर्जुनप्रसाद खतिवडा, सरकारी करार सेवा – रामकुमार थापा, सरकारी करार सेवा – विपिन मल्ल, सरकारी करार सेवा – महेश्वर सुवेदी, सरकारी करार सेवा – सरस्वती लम्साल, सरकारी करार सेवा – सुदिप कोइराला, सरकारी करार सेवा –. अर्चिना उप्रेती, सरकारी करार सेवा – विनोद थापा मगर, सरकारी करार सेवा – उपेन्द« जम्कटेल, सरकारी करार सेवा – राधिका सापकोटा, उपसचिव एमाले धादिङ –. सुवास खतिवडा, सचिव नेकपा एस धादिङ – सुनिता सिंखडा, प्रदेश यूवा समिति अध्यक्ष – गायत्री खतिवडा, सहयात्री समाज – गोकर्ण दुवाडी, नेप्सकुन प्रवन्धक – फणिन्द्रराज सिलवाल, अन्यव्यवसाय – उद्धव चेपाङ, शान्ति नेपाल – दामोदर अर्याल, प्रयास नेपाल – रमेश अधिकारी, आइसिडिसि – मुना सिंखडा, शेयर मार्केट – रामचन्द्र खतिवडा, पत्रकारिता नगरेको – दिपा अधिकारी, अन्यव्यवसाय – कृष्णप्रसाद ढकाल, अन्य व्यवसाय – अमृत अधिकारी, एक्सन नेपाल – पार्वती श्रेष्ठ रा., सहकारी बैंक – उर्मिला कोइराला, विदेश – दोलख गुरुङ, सहकारी संघ प्रवन्धक – शान्ति छत्कुली – गोविन्द बुढाथोकी, विदेश – गीता अधिकारी – कपिलदेव सापकोटा, प्रयास नेपाल – उषा विक.रामकृष्ण अधिकारी, अधिवक्ता – अनिता शाक्य – सुनिता तामाङ –. गायत्री अधिकारी –. गोविन्द सुवेदी –. अस्मिता खतिवडा, कामना सेवा बैंक – आकाश चेपाङ – सुनिता बागदास – शर्मिला थापा – राममाया वाइवा – सिर्जना लम्साल – डम्वर बहादुर घले – बोधप्रसाद नेपाल, क्षयरोग कार्यक्रम – कुमार बहादुर सुन्दास, विदेश – सुनिता कंडेल, प्रयास नेपाल – रामकृष्ण सेढाई – दिलबहादुर रम्तेल – संगीता राना मगर – सन्जु श्रेष्ठ, सहकारी प्रवन्धक – गणेश सापकोटा –प्रदिप श्रेष्ठ – उमेश कँडेल – रमिला खतिवडा – शर्मिला मिजार – सञ्जीव रेग्मी, अन्यव्यवसाय – दिपक कोइराला, दिव्यदर्शन टिभि – सिर्जना खनाल, विदेश – शशिहजुर सिलवाल, बैंक कर्मचारी – रोमबहादुर श्रेष्ठ – शुष्मा गुरुङ –शिवप्रसाद देवकोटा, विदेश –राजन रिजाल, गैर सरकारी संस्था – रेनुका रुपाखेती, गैर सरकारी संस्था – इश्वरी कोइराला, गैर सरकारी संस्था – गोविन्द विडारी – रदिप लामिछाने विदेश – संझना लामिछाने – आकाँक्षा अर्याल – कल्पना श्रेष्ठ – निर्मला श्रेष्ठ – केशव दुवाडी, स्वघोषणा सदस्यता त्याग –रामहरि त्रिपाठी, स्वघोषणा सदस्यता त्याग – लालकाजी श्रेष्ठ, स्वघोषणा – तिलक सिंम्खडा, स्वघोषणा – विष्णुप्रसाद कोइराला, स्वघोषणा – उमेशमणी दुवाडी, स्वघोषणा – एशोदा नेपाल, स्वघोषणा – तुलसी जंगथापा, स्वघोषणा – गणेश ढुंंगाना, स्वघोषणा – सुमन कुमार श्रेष्ठ, स्वघोषणा – हरि तिमल्सीना, स्वघोषणा – माधव गुरुङ, धादिङ अपडेट डटकम – तारा रिजाल, कृषि रेडियो – निरमाया गुरुङ, रेडियो धादिङ – सुशिला अर्याल, कृषि रेडियो – लक्ष्मी भुजेल, रेडियो राजमार्ग – सुवास अर्याल, कुषि रेडियो – कविता भुजेल, रेडियो राजमार्ग – कमला धिताल, विन्दुकेशरा साप्ताहिक पत्रकार महासंघ धादिङले सदस्यता नवीकरणका लागि सिफारिस गर्ने ४९ जनाको नामावली – सिताराम अधिकारी, समाचारपत्र – केशव अधिकारी, दिहिमालय – नवराज छत्कुली, रेडियो नेपाल – पोषनाथ अधिकारी, कान्तिपुर टेलिभिजन –. राजेन्द्रकुमार बस्नेत, कारोवार – शंकर श्रेष्ठ, नागरिक दैनिक – भुवन पौडेल, रेडियो थाहा सञ्चार – सुदर्शन खतिवडा, अनलाइनखबर डटकम – सरोजप्रसाद पौडेल, कृषि रेडियो – सानुबाबु तिमिल्सिना – राजाराम शर्मा, रेडियो धादिङ – मनिश दुवाडी, टेलिपत्र – मुरारी अधिकारी, गोरखापत्र, – नारायण सिलवाल, धादिङपोष्ट डटकम – प्रमोद भट्ट, लेकबेसी खबर डटकम – शिव सिलवाल, नेपाल टेलिभिजन – सरिता श्रेष्ठ, बाह्रखरी डटकम – केशव नेपाली, अर्थसंसार डटकम – सन्तोषराज श्रेष्ठ, जनता टिभि – बद्रीअधिकारी, नीलकण्ठ एफएम – सन्तोष अधिकारी, सकारपोष्ट डटकम – काजी श्रेष्ठ, सहकारी खबर डटकम – उपेन्द्र अधिकारी, कृषि रेडियो – गोमा थापा, एनएनएन टिभि – श्रीहजुर सिलवाल, बाह्रखरी डटकम – राजन अधिकारी, प्रदेश सञ्चार साप्ताहिक – राजाराम डंगोल, कृषि रेडियो – विवेक अर्याल, शुभयुग डट कम – अर्जुनकुमार श्रेष्ठ, रेडियो धादिङ – रेखबहादुर गुरुङ, रेडियो धादिङ – शिवराज आर्चाय, रेडियो राजमार्ग – राजकुमार ढुंगाना, अनलाइन केन्द्र डटकम – रामबहादुर ठकुरी, रेडियो राजमार्ग – प्रतिभा पराजुली, नेपालभ्युज डटकम – अन्जु तामाङ, रेडियो राजमार्ग –. रिता लम्साल, स्वास्थ्यखबर –. कविता भुजेल, रेडियो राजमार्ग – शिखा श्रेष्ठ, ग्यालेक्सी फोरके टिभि – भगवान भण्डारी, कृषि रेडियो – भुमिप्रसाद त्रिपाठी, कालिकाएफएम – दीपा लंसाल, नीलकण्ठ एफएम – अनिल कुमार नेपाली, बागमतीकलम डटकम – विनोद तमु, नीलकण्ठ एफएम – अस्मिता पोखरेल, नीलकण्ठ एफएम – शुसिला विक, रेडियो धादिङ – सन्तोषी लामिछाने, प्रदेश संचार साप्ताहिक – भुवन भण्डारी, तपाइको न्यूज डटकम – विकाश रौनियार, हिमालय टिभि – सन्तोष सुवेदी, अनलाइन केन्द्र डटकम

भर्खरै

सम्बन्धित खबर

Language »