सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०८०/८१को बजेट वक्तव्यको मुख्य योजनाहरु:

– काठमाडौं महानगरपालिकाले स्तरोन्नति साथै स्वास्थ्य प्रवर्द्धन केन्द्रमा रुपान्तरण गरि “सुलभ स्वास्थ्य सेवा, नागरिकलाई टेवा” योजना मार्फत रु. ३५ करोड बिनियोजन।

– बालबालिकाको स्वास्थ्य उपचारका लागि सरकारी, सामुदायिक वा निजी अस्पताल संगको सहकार्यमा निर्दिष्ट नगर अस्पताल सञ्चालनमा ल्याउनको लागि रु.१० करोड रकम विनियोजन।

– “धुलो रहित काठमाडौं” योजनाको लागि रु. १०० करोड रकम विनियोजन।

– पुर्वाधार एम्बुलेन्सलाई प्रभावकारी रुपमा संचालनको लागि रु.२५ करोड।

– ठमेल क्षेत्रलाई पर्यटक हबको रुपमा विकास गर्नको लागि रु.२.५ करोड रकम विनियोजन।

– जात्रा पर्वलाई प्रभावकारी तथा प्रवर्द्धनको लागि रु.१ करोड ८८ लाख रकम विनियोजन।

– महानगरमा जनशक्तिको अभावलाई परिपुर्ति गर्नको लागि कुचिकार ३०० जना, कार्यालय सहयोगी ५१ जना, चौकिदार ३२ जना, स्वास्थ्यकर्मी २६९ जना, नगर प्रहरी जवान १५१ जनालाई करारसेवा मार्फत रु.३० करोड रकम विनियोजन।

– पैदलयात्रीहरुको‌‌ सहज आवागमन तथा सडक सुरक्षा सम्बन्धी कार्यक्रमको लागि रु. १० करोड।

– महानगरबासीलाई अर्गानिक तरकारी, फलफूल तथा माछामासु र अन्य खाद्यवस्तुको सहज उपलब्धताको लागि एग्रोपुलिङ‌ कार्यक्रमको लागि रु. १ करोड रकम विनियोजन।

– तरकारी तथा फलफुलको बिषादी परिक्षण‌ गर्नको लागि बिषादी परिक्षण‌ प्रयोगशाला स्थापनाको लागि रु. १ करोड ५० लाख रकम विनियोजन।

– सबै सेवाहरूलाई अनलाईन प्रणाली मार्फत गर्ने गराउने महानगरको गौरवको योजनाको रुपमा “सुशासनको लागि अनलाइन सेवा” को लागि रु. १५ करोड रकम विनियोजन

– सुरक्षित बस्न योग्य बनाउनको लागि मुख्य सडक, चोक तथा गल्लीमा समेत क्यामेरा जडान अर्थात् “महानगरले देख्छ” योजनाको लागि रु. २० करोड रकम विनियोजन।

– महानगर टेलिभिजन स्थापना गर्नको लागि रु. ५ करोड रकम विनियोजन।

– “साथी महानगर” अर्थात् महानगरवासीको सुखदुःखमा साथ उद्देश्य सम्बन्धि कार्यक्रमको लागि रु. २ करोड रकम विनियोजन।

– खेलकुद विकासको लागि रु.१० करोड ५० लाख रकम विनियोजन।

भर्खरै

सम्बन्धित खबर

Language »