सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

संस्थागत विद्यालयमा गोकर्णेश्वर नगरपालिकाको एक्सन, प्रिन्सिपल र प्रधानाध्यापकको नियुक्तिपत्र, एवं शैक्षिक योग्यताका प्रमाणपत्रनै माग्यो

काठमाडौं । संस्थागत विद्यालयमाथि गोकर्णेशवर नगरपालिकाले निगरानी बढाएको छ । संस्थागत विद्यालयमाथि कार्यरत प्रिन्सिपल र प्रधानाध्यापकको नियुक्ति पत्र, नागरिकताको प्रमाणपत्र एवं शैक्षिक योग्यताका प्रमाणपत्र समेत नगरपालिकालाई बुभाउनु पर्ने भएको छ । साथै क ख र ग वर्गमा परेका संस्थागत विद्यालयहरूमा एक जना स्टाफ नर्सको नियुक्ति गरी सोको जानकारी पठाउन यसअधि नै पत्राचार गरिसकिएको र स्टाफ नर्सको व्यवस्थापन गरिसकेका विद्यालयहरूले सोको जानकारी र व्यवस्था गर्न बाकी विद्यालयहरूले यथाशीघ्र व्यवस्थापन गरी सोको विवरण पठाउन समेत नगरपालिकाले ताकेता गरेको छ ।
नगरपालिकाले विद्यालयहरुलाई लेखेको पत्रमा यस्तो भनिएको छ “प्रचलित नियमानुसार विद्यालयहरूले तोकिएको मितिमा शुल्क प्रस्ताव, पाठ्यपुस्तक, लेखा परीक्षक नियुक्ति छात्रवृत्ति वितरण आदिका निर्णयसहितका कागजातहरू यस नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा बुझाउनु पर्ने व्यहोरा विदितै छ । तथापि यस शाखाबाट विभिन्न मितिमा पटक पटक मेसेन्जर फेसबुक लगायतका सामाजिक सञ्जालमार्फत समेत सूचना गरिएकोमा तल उल्लेखित संस्थागत विद्यालयबाट हालसम्म पनि चालु शैक्षिक सत्र २०८० मा लागू गरिने पाठ्यपुस्तकहरूको निर्णयसहितको विवरण, शुल्क प्रस्तावको निर्णय एवं छात्रवृत्ति उपलब्ध गराइएको विद्यार्थीको नामावलीसहितको निर्णय पेश गर्नुपर्नेमा हालसम्म किन पेश नगरिएको हो । पेश नगर्नुको कारणसमेत खुलाई यो सूचना प्रकाशन भएको मितिले एक हप्ताभित्र स्पष्टिकरणसहित पेश गर्नुहुन नगर शिक्षा समितिको मिति २०८० र ०३ र ०५ गतेको निर्णयानुसार यो सूचना प्रकाशन गरिएको छ । अन्यथा प्रचलित शिक्षा ऐन, नियम तथा कार्यविधिअनुसार कारवाही हुने व्यहोरा अनुरोध छ ।
पाठ्यपुस्तक, शुल्क प्रस्ताव र छात्रवृत्ति वितरणको निर्णयसहितको विवरण नबुझाउने संस्थागत विद्यालयहरू

पहिलो पाठशाला
बुद्धभूमि स्कूल
स्नेहा किड्स होम
बालकुन्ज विद्यालय
स्मार्ट किड्ज सुन्दरीजल
माउण्टेन किड्जे स्कूल
कन्साइन्स इइलिस एकेडेमी
एकीकृत किण्डरगार्डन
मनसाइन किट्स इडलिस बी स्कूल
अलमाइटी आइडियल मोडर्न स्कूल
पिस एन्जल्स स्कूल
नामी इन्टरनेशनल स्कूल
स्मार्ट किन स्कुल
जुनतारा मन्टेश्वरी
त्रिपुरा लिटि स्टेप स्कुल
चक स्मति पाठशाला
हिमस्टार मन्टेश्वरी एण्ड डेकेयर सेन्टर
जोरपाटी लायन्स् एकेडमी
शुभश्री प्रि स्कुल
ब्रम्हामी एकडेमी
सुसंस्कार एकेडेमी (साविक पिस नेपाल)
चित्र दुर्गा इङ्लिस स्कूल
बालज्योति इङ्लिस वो स्कूल
श्रीगणेश इङ्लिस बोर्डिङ स्कुल
बाला पुष्पिका स्कूल
हेली किड्स स्कूल
किड्स जान मन्टेश्वरी
गोकर्णेश्वर वल्र्ड स्कुल
भानु एकेडेमी
अभ्यास मन्टेश्वरी
अक्षरा प्रि स्कुल
मालिका मन्टेश्वरी प्रि स्कुल
बुद्ध एकेडमी स्कूल
पहिलो पाइला एकेडमी
छहारी इलिस स्कूल
बाल सिर्जनालय इलिस मा। वि
हिमालय इलिस मोडेल स्कूल
संकल्प विद्याश्रम
छहारी शिक्षा सदन
इडेन किड्स विद्यालय
छात्रवृत्ति वितरणको निर्णयसहितको विवरण नबुझाउने संस्थागत विद्यालयहरू
उत्तरवाहिनी बोर्डिङ स्कूल
ग्रिनसिटी स्कुल
शुभकामना स्कूल
नगर शिक्षा समितिको मिति २०६०र०३र०५ गतेको निर्णयानुसार यस नगरपालिका अन्तर्गतका सम्पूर्ण संस्थागत विद्यालयहरूमा कार्यरत प्रिन्सिपल र प्रधानाध्यापकको नियुक्ति पत्र, नागरिकताको प्रमाणपत्र एवं शैक्षिक योग्यताका प्रमाणपत्रका प्रमाणित फोटोकपि(छायाप्रति) यो यही असार मसान्तसम्ममा पेश गर्नुहुन जानकारी गराइन्छ ।
नगर शिक्षा समितिको मिति २०७९ र १२ र २७ गतेको निर्णयानुसार क ख र ग वर्गमा परेका संस्थागत विद्यालयहरूमा एक जना स्टाफ नर्सको नियुक्ति गरी सोको जानकारी पठाउनु हुन यसअधि नै पत्राचार गरिसकिएको छ । यस सन्दर्भमा स्टाफ नर्सको व्यवस्थापन गरिसकेका विद्यालयहरूले सोको जानकारी र व्यवस्था गर्न बाकी विद्यालयहरूले यथाशीघ्र व्यवस्थापन गरी सोको विवरण पठाउनु हुनसमेत अनुरोध छ ।”

भर्खरै

सम्बन्धित खबर

Language »