सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

योजना तथा राजश्व शाखा प्रमुख अर्याल नगद सहित सम्मानित

काठमाडौं । तारकेश्वर नगरपालिकाले आगामी आर्थिक बर्ष २०८०/८१ को नीति, कार्यक्रम तथा बजेट सभामा नगरपालिका भित्र विभिन्न विधामा योग्दान पु-याउनु भएका महानुभावहरुलाई सम्मान गरेको छ । नगरपालिकाले समाजका बिभिन्न क्षेत्रमा योग्दान पु-याउनुहुने नगरवासीहरुलाई सम्मान गर्ने कामको थालनी गरेको हो । समाजका अग्रज तथा जेष्ठ नागरिकहरुको ज्ञान र सीपलाई युवा पुस्तामा हस्तान्तरण गर्ने उदेश्यले सम्मान कार्यक्रम राखीएको नगरपालिकाले जनाएको छ ।

यसै क्रममा तारकेश्वर नगरपालिकाको योजना तथा राजश्व शाखा प्रमुखका रुपमा कार्यरत अधिकृत सातौं तहका प्रमुख सागर अर्याललाई नगद सहित सम्मान गरिएको छ । तारकेश्वर नगरपालिकाको वित्तिय सुशासन जोखिम मुल्यांकन (एफआरए) मा काठमाण्डौं जिल्लाकै बित्तिय अनुशासनमा तारकेश्वर नगरपालिकालाई सर्बोत्कृष्ट बनाउन अर्यालले पु-याउनु भएको योग्दानको उच्च कदर गदै ५० हजार नगद सहित सम्मान गरिएको हो । अर्याललाई कार्यपालीका बैठकले सम्मान गर्ने निर्णय गरेको थियो ।

वि.सं २०७४ पुस ३० गते शाखा अधिकृतबाट सेवा प्रवेश गर्नुभएका अर्याल आफ्नो सेवा अवधिमा सिंचाई विभाग, कानी जमरा कुलरीय सिंचाई आयोजना, दुधौली नगरपालिका र हाल तारकेश्वर नगरपालिकामा कार्यरत हुनुहुन्छ । उहाँको कार्य सम्पादन क्षमताकै कारण हाल तारकेश्वर नगरपालिकामा सूचना अधिकारीको हैसियतमा पनि कार्यगदै हुनुहुन्छ । सार्वजनीक बिदा, कार्यालय समय केहि नभनी सेवामा कार्यरत रहीरहने अर्याललाई आगामी दिनमा थप प्रगतिको पनि कामना गर्दछौं । आगामी दिनमा पनि यसै गरी सेवारत रहीरहनुहुनेछ भन्ने अपेक्षा गर्दछौं ।

भर्खरै

सम्बन्धित खबर

Language »