सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेकपा(माओवादी केन्द्र) सम्बद्ध सम्पर्क समन्वय प्रदेश समितिले निकाल्यो सिता दाहालको निधनमा शोक बक्तव्य

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष कमरेड पुष्पकमल दाहाल “प्रचण्ड” की जीवनसंगिनी, पार्टी केन्द्रीय समितिका सल्लाकार एव संविधान सदस्य कमरेड सीता दाहालको २०८० साल असार २७ गते बिहान ८ः३३ बजे नर्भिक अस्पताल थापाथली काठमाडौंमा दुःखदपूर्ण निधन भएकोमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सम्पर्क समन्वय प्रदेश समितिले शोक बक्तव्य निकालेको छ ।
शोक बक्तब्य
दुर्लभ रोग पार्कीन्सनबाट ग्रस्त भई लामो समय उपचारमा रहनु भएकी सम्माननीय प्रधानमन्त्री तथा हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का श्रध्देय अध्यक्ष कमरेड पुष्पकमल दाहाल “प्रचण्ड” की जीवनसंगिनी, पार्टी केन्द्रीय समितिका सल्लाकार एव संविधान सदस्य कमरेड सीता दाहालको २०८० साल असार २७ गते बिहान ८ः३३ बजे नर्भिक अस्पताल थापाथली काठमाडौंमा दुःखदपूर्ण निधन भएकोमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सम्पर्क समन्वय प्रदेश समिति र सिङ्गो पार्टी पंक्ति स्तब्ध छ ।
वि.सं.२०११ असार २१ गते गण्डकी प्रदेश, कास्की जिल्लाको हेम्जामा आमा हरिकला पौडेल र बुवा महेश्वर पौडेलको कोखबाट जन्मनु भएकी कमरेड सीता दाहालको २०२६ सालमा कमरेड प्रचण्ड संग बिबाह भएको थियो । वहाँले बि। सं। २०२८ साल देखिनै कम्युनिष्ट आन्दोलनमा आवद्ध हुँदै, पार्टीमा जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीहरू समाल्दै आउनु भएको थियो । हाम्रो पार्टी केन्द्रका आदरणीय सल्लाहकार कमरेड सीता दाहाल एक असाधारण सोंच, समझदारिता, साहास, र धैर्यशील नारी हुनुहुन्थ्यो । माओवादी आन्दोलन तथा महान जनयुध्दको सफलता एवं नेतृत्व बिकाशमा वहाँको योगदान अतुलनीय रहेको छ । निरंकुश एकदलीय पञ्चायती ब्यवस्था, निरकुंश राजतन्त्र, संसदीय बहुदलीय ब्यवस्था, विरूध्दको संघर्ष र संघिय लोकतान्त्रीक गणतन्त्र, नेपाल स्थापनाको कष्टसाध्य संघर्षका दिनहरूमा वहाँले हरेक कोणबाट पार्टी नेतृत्वको रक्षा र बिकाशमा महान योगदान गर्नु भएको छ । जनयुध्द, शान्ती र संविधानका सफल नेतृत्व मात्र होईन सामाजिक न्याय, सुशासन, सम्बृध्दि र समाजवादको मार्गमा दृढताका साथ अगाडी बढ्न अध्यक्ष क। प्रचण्डलाई कमरेड सीता दाहालको सहयोग,साथ हौसलाले अतुलनीय साहास र उर्जा प्रधान हुँदै आएको थियो । अध्यक्ष कमरेड प्रचण्डलाई प्रचण्ड बनाउन अतुलनीय योगदान गर्नु भएकी कमरेड सीता दाहाल भित्र बर्ग बिचार, त्याग, निष्ठा, समर्पण भाव तथा सादा र सरल जीवन शैली थियो । वहाँ सिङ्गो पार्टी देश र जनताका लागि प्रेरणा र हौशला भर्न सक्ने एक अशल अभिभावक तथा महान आमा हुनुहुन्थ्यो ।
पार्टी भित्रका चुनौती, बिवाद र संकटहरूमा सन्तुलित र समन्वयकारी भुमिका खेल्न सक्ने एक कुशल सल्लाहकार पार्टीले गुमाएको छ । देश र जनताले एउटा आदर्शवान महिला नेतृत्व गुमाएको छ । चर्चामा कम आएर गुमनामरुपमा महत्वपूर्ण भूमिका पुरा गर्ने सन्दर्भमा अन्तराष्ट्रिय कम्युनिस्ट आन्दोलनको ईतिहाँसमा कार्ल माक्र्स पत्नी जेनी माक्र्सले व्यक्तिगत दुःख, गरिवी, अभावसंग लड्दै कार्ल माक्र्सलाई गर्नुभएको अथाह प्रेम, साथ र सहयोगवाट माक्र्सवादी बिचार जन्माउन माक्र्सलाई हौसला मिलेको थियो। रूसमा लेनिन पत्नी नादेद्रा क्रुप्सकायाले गुमनामरूपमा नै रूसी क्रान्तिको सफलता र लेनिनवाद बिकास गर्न अतुलनीय योगदान गर्नु भएको थियो । नेपाली कम्युनिष्ट आन्दोलनमा कमरेड ुप्रचण्डुको विचार निर्माण तथा नेतृत्व क्षमता विकासमा कमरेड सीता दाहालको भूमिका असाधारण योगदानरूपमा स्थापित भएको छ । कमरेड सीता दाहालको सरलता, साहास र निस्कंलकताको नैतिक आचरण र व्यवहारलाई युगौंयुगसम्म हाम्रो पार्टी, नेपाली समाज र विश्वले स्मरण गरिरहने छ ।
यस दुखान्त घडीमा कमरेड सीता दाहालले देश र जनताको मुक्ति र परिवर्तनको निम्ति खेल्नु भएको भुमिका र योगदान प्रति उच्च आदर सम्मान प्रकट गर्दै, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सम्पर्क समन्वय प्रदेश समिति उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । शोकको यस घडीमा सम्माननीय प्रधानमन्त्री तथा आदरणीय पार्टी अध्यक्ष कमरेड पुष्पकमल दाहाल ुप्रचण्डु छोरीहरु कामरेड रेणु दाहाल, कमरेड गंगा दाहाल लगायत सम्पूर्ण परिवारहरुप्रति गहिरो समवेदना प्रकट गर्दछ ।

भर्खरै

सम्बन्धित खबर

Language »