सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

“देशले माग्दैन आफैले दिनु पर्छ” बोलको गित लिएर दर्शक श्रोता माझ आउँदै रमेश तामाङ

काठमाडौं । रमेश तामाङ नुवाकोटको पन्चकन्या, थर्पेक ४ मा जन्मेर विदेशी भूमीमा कर्मथलो बनाएका नेपाली गीत र संगीतलाई माया गर्ने युवा हुन् ।
विदेशी भूमीमा रगत पसिना बगाए पनि हरपल आफ्नो देशको मायामा होमिएका तामाङले देश प्रेमले ओतप्रोत भएको गीत देशले माग्दैन आफैले दिनु पर्छ‘ बोलको गित लिएर दर्शक श्रोता माझ आउँदै छन् ।
यस गीतमा दीपक लिम्बू, नित्याशिवा र सुर्य भुजेलको स्वर, विकास चौधरीको संगीतमा राजीव शाहको संगीत संयोजन रहेको छ ।
धेरै तामाङ सेलो र आधुनिक गीतमा कलम चलाइ सकेका रमेशले सानै देखि आफ्नो भावना कलम मार्फत पोख्दै आएका छन् ।
रमेश तामाङ छिट्टै आफ्नै आवाजमा एउटा गीत गाउने तयारीमा छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »