सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय द्वारा देबकी तिमल्सिना(समिक्षा)लाई प्रादेशिक प्रतिभा पुरस्कार (भाषा साहित्य) २०७९ प्रदान

काठमाडौं । नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले देबकी तिमल्सिना(समिक्षा)लाई प्रादेशिक प्रतिभा पुरस्कार (भाषा साहित्य) २०७९ प्रदान गरेको छ ।
राष्ट्रिय तथा प्रादेशिक पुरस्कार,महाकवि देवकोटा पुरस्कार,भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार,गोपाल प्रसाद रिमाल राष्ट्रिय पुरस्कार,ईतिहास शिरोमणी बाबुराम आचार्य राष्ट्रिय पुरस्कार,आदिकवि भानुभक्त आचार्य राष्ट्रिय पुरस्कार,योगमाया राष्ट्रिय पुरस्कार,युगकवि सिद्धिचरण श्रेष्ठ राष्ट्रिय पुरस्कार र सताब्दी पुरुष सत्यमोहन जोशी राष्ट्रिय पुरस्कार २०७९ बाट साहित्यीक क्षेत्रमा योगदान पुर्याएका श्रष्टाहरुलाई नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेको सम्मानमा कर्णाली प्रदेशको तर्फबाट साहित्यकार देबकी तिमल्सिना(समिक्षा)लाई प्रादेशिक प्रतिभा पुरस्कार (भाषा साहित्य) २०७९ प्रदान गरिएको हो ।
माओवादीले शुरुगरेको १० बर्षे जनयुद्धकाल देखिनै कलाकारीताको माध्मबाट आफ्नो प्रतिभा देखाउँदै आउनुभएकी देबकी तिमल्सिना(समिक्षा)को आफ्नै थुप्रै कृतिहरु समेत रहेका छन् ।
प्रादेशिक प्रतिभा पुरस्कार (भाषा साहित्य) २०७९ ग्रहण गदैं साहित्यकार देबकी तिमल्सिना(समिक्षा)ले “यतिबेला म मू जस्तै मू हरुलााई सम्झिरहेको छु, जसले साहित्य र संस्कृतिका बारेमा मात्रै नभएर मेरो जीवनमा समेत अर्थ राख्नुभएको छ । साँस्कृतिक आन्दोलनमा सहयोध्दाहरुको रगतको मुल्य र बगाएको पसिनाको उर्जा समेत यो पुरस्कारका असली हकदार हो भन्ने बुझेको छु । यो पुरस्कार सिङ्गो कर्नालीको नाममा हो ।आगामी दिनमा भाषा, साहित्य र संस्कृतिको अध्ययनमा नै आफूलाई अझै केन्द्रित गर्नेछु ।यो हौसला र प्रेरणा मात्रै होइन महत्त्वपूर्ण जिम्मेवारी र चुनौतिको रुपमा समेत बुझेको छु”भन्नु भयो ।
साहित्यकार समिक्षाले विभिन्न माध्यमबाट साथ र सहयोग गरि थप हौसला प्रदान गर्नुहुने सम्पूर्ण मित्रहरुप्रति हार्दिक आभार सहित धन्यवाद व्यक्त समेत गर्नु भएको छ ।
पुरस्कार नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले बितरण गर्नुभएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »