सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विनोद कार्की द्वारा रचना गरिएको गीत जनअनकाश मिडियाको ब्यानरमा सार्वजनिक हुदै

काठमाडौ । जन अकाश साप्ताहिकमा कार्यरत विनोद कार्कीले गाउले परिवेशलाई झल्काउने आफ्नो विरह गीतमार्फत पोखेका छन् । रामेछापको चाकेमा जन्मेका कार्की विगत केही बर्ष अघि मात्र काठमाडौमा आएका हुन् । काठमाडौ आएपछि आफ्नो गाउँघरको सम्झनाले सताउन थालेपछि उनले आफ्नो विरह गीतमार्फत उजागर गरेका छन् । उनले रनचा गरेको गीतलाई जनआकाश मिडिया प्रा.लि.ले निर्माण गरिहरेको छ ।

रामेछापका डाडा, काडा, पाखा, पखेरा प्राकृतिक सुन्दरता रामेछापको विशेषताहरु गीतमा राम्रो बर्णन गरिएको छ । गीतलले रामेछाप घुम्न आएका मानिसलाई लोभ्याउने प्राकृतिक सुन्दरता रहेको गीतको बोलमा उल्लेख छ ।

गीतको बोल ए हो कति राम्रो रामेछापको सीन
कहिलेहोला तिमी र म सँगै हुने दिन ।

गीत सुन्दा नै नाचु नाचु लाग्ने संगीतको मिठासले भरिएको छ । उक्त गीतलाई संगीत÷संगीत संयोजनको मिठास संगीतकार रामकृष्ण थापाले गरेका छन् ।

त्यसैगरी मिठास संगीतमा लयबद्ध गर्दै गाउँवस्ती झझल्को आउने गरी स्वरमा उतारेका छन् । रामेछापकै गर्जाङका गायक शिव सागर खड्का र चर्चित गायिका शान्ति श्री परियारले ।

गायक र गायिकाको मिठो स्वरलाई वेभ स्टिुडियो अनामनगरले रेकडिङ गरी प्रविधिमैत्री बनाएको छ ।
त्यैगरी गीतमा रामेछापकै युवा मोडलहरु नबिन गौतम र बबिता पोख्रेलले मुख्य भुमिकामा अभिनय गरेका छन् ।

भिडियोको निर्देशन मोहन कार्कीले गरेका छन् ।
भिडियो सम्पादन प्रेम शर्मा पौडेलले गरिरहेका छन् ।
गीतको कोरियोग्रफ्रीः कृष्ण रसालले गरेका छन् ।
भिडियोमाः रामेश्वर जिरेलले साथ दिएका छन् ।
ड्रोन अपरेटरमाः कृष्ण ब्लोनले साथ दिएका छन् ।
रामेछापका केही पार्टहरुमा भिडियो खिच्न राजन महतरा क्षेत्रीले साथ दिएकमा छन् ।

संयुक्त नृत्यगरेर साथ दिने कलाकारहरु
कल्पना कार्की
सविना गरबुजा
कृष्ण पुन
नरेस पुन
केशव पुन
विनिता भण्डारी
लक्ष्मण नेपाली
कविर श्रेष्ठ
सविन गुरुङ
मनिका
रहेका छन् ।

उक्त गीतलाई जनआकाश साप्ताहिकको १६ औ बार्षिकोत्सवको अवसर पारेर काठमाडौको नेपाल–प्रज्ञा प्रतिष्ठान कमलादी लेखनाथ सदनको हलमा विमोचन गर्ने कार्यक्रम रहेको छ । त्यसैदिन स्रष्टा र सृर्जना सम्मान अन्र्तगत २०८० हुदै छ । यसै बर्ष नेपाली नारीहरुको महत्वपुर्ण पर्व तीजलाई जनआकाश मिडियाले विशेष बनाउन यहि २०८० असार २० गतेवाट साउन ५ गतेसम्म तीज गीत छनौटको लागि रचना आवह्न गरेको थियो प्राप्त रचनामध्य उत्कृष्ट एकजनालाई सुसेली सम्मान गर्ने कार्यक्रम रहेको छ । सोही उत्कृष्ट सुसेली तीजलाई जनआकाश मिडियाले निर्माण गरेर तीज अगावै म्याुजिक भिडियोको रुपमा ल्याउने छ ।

जनआकाशको वारेमा
जनआकाश मिडिया प्रा.लि. सामाजिक कार्य गर्नको लागि सञ्चारको रुपमा स्थापना भएको सञ्चार संस्था हो । २०६५ साल साउन ३१ गते जनआकाश राष्ट्रिय साप्ताहिक विधिवत रुपमा दर्ता भई राष्ट्र र राष्ट्रियताको पक्षमा काम गर्दै आएको छापा माध्यमलाई २०७३ सालमा कम्पनी रष्ट्रिारको कार्यलयमा विधिवत दर्ता भई बहुउदेश्यसहित सामाजिक कार्य गर्दै आएको कम्पनी हो । यस कम्पनीले सञ्चालन गरेको वबलबबपबकज।अयm अनलाइन, वबलब ब्पबकज तख,सञ्चालनमा छन् । त्यसको अलवा बृत्तचित्र, डकुमेन्ट्री, भिलेज प्रोफाईल, फिल्म, म्युजिक भिडियो, अडियो उत्पादन वितरण, छापा माध्यमका कामहरु गर्दै आएको छ । बिभिन्न सञ्चार क्षेत्रको विकास टेवाको लागि प्रशिक्षण, परामर्श, समन्वय गर्दै आइरहेको छ ।

निकट भविष्यमा नेपालको सञ्चार क्षेत्रलाई अन्तराष्ट्रियस्तरमा कसरी प्रतिस्पर्धा र विस्वसनीय बनाउने उदेश्य राखेर छलफल चलाउदै आएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »