सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्जमा समावेशी प्यानलद्वारा पानी वितरण


नेपालगन्ज , ईस्लाम धर्मावलम्बीहरुको मोहरर्म अर्थात गमे हुसेन साथै ईस्लामिक नयाँ बर्ष हिजरी १४४५ को हार्दिक मँगलमय शुभकामना ब्यक्त गर्दै समावेशी प्यानलले नेपालगन्ज राप्ती रोडको सावा मस्जिद सामुन्ने शनिबार सरवत पानी तथा सादा पानी वितरण गरेको छ।


यहीँ भदौ २ गते हुने नेपालगञ्ज उद्योग वाणिज्य संघको निर्वाचनका लागि समावेशी प्यानल यतिबेला घरदैलो अभियानमा छ । घरदैलो अभियानकै क्रममा समावेशी प्यानलबाट अध्यक्ष पदका उम्मेदवार टंक धामी लगायत सम्पुर्ण टिम र नेपालगन्ज उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य तथा अध्यक्ष अब्दुल वाहीद मन्सुरी चुन्नाले सावा मस्जिदमा शुभकामना दिदै सरवत पानी वितरण गरेका थिए ।


समृद्ध अर्थतन्त्र , सनउन्मत उद्योग व्यावसायी र सन्तोष्टी उपभोक्ताका लागि यतिबेला समावेशी प्यानल आफ्नो अमुल्य मतका लागि मैदान छ ।

साथै नेपालगन्ज किराना तथा खाद्य व्यवसायी संघ बाँकेका प्रवक्ता तथा नेपालगंज मुस्लिम समाज बाँकेका बरिस्ठ उपअध्यक्ष अब्दुल जलिल मन्सुरी (मुन्ना ), नेपालगंज उपमहानगरपालिका ४ नं वडाका वडा अध्यक्ष गोपाल पुन,वाइसीएल नेपाल बाँकेका जिल्ला कमिटी सदस्य इरफान अलि (अरसद) उपस्थिति रहेको थियो।

भर्खरै

सम्बन्धित खबर

Language »